उपप्रधानमन्त्री लिङदेन र एनआरएनएका पदाधिकारीबीच भेटवार्ता

Read Time = 1 min

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनसँग गैर आवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीहरुले भेट गरेका छन् ।

बुधबार दिउँसो सिंहदरवारस्थित उहाँकै कार्यकक्षमा पुगेर एनआरएनएका अध्यक्ष रविना थापा, संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतका पदाधिकारीहरुले भेट गर्नु भएको हो । भेटका क्रममा आफूहरुको मुद्धाबारे ज्ञापनपत्रमार्फत् उपप्रधानमन्त्री लिङदेनलाई पनि जानकारी गराइएको अध्यक्ष थापाले बताउनु भयो ।

गैर आवासीय नेपाली संघले नेपालमा लगानी भित्र्याउन आफूहरु तयार रहेपनि त्यसको सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो सरकारसँग गर्दै आएको छ । आफूहरुको सरोकारबारे सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन नवनियुक्त मन्त्रीहरुसँगको भेटवार्ता पनि सुरु गरिएको एनआरएनएले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?