बसको ठक्करबाट सप्तरीमा वृद्धको मृत्यु

Read Time = 1 min

जनकपुरधाम । सप्तरीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

बुधबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा ना५ख ६७२ नम्बरको यात्रु वाहक बसको ठक्करबाट करिब ६५ वर्षीय साइकलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बसको ठक्करबाट स्थानीय राजेन्द्र बिस्वासको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।

शव पोष्ट मार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको तथा बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?