लिभरपुल एफए कपको चौथो चरणमा

Read Time = 1 min

लण्डन । लिभरपुलले एफए कप फुटबलको चौथो चरणमा स्थान बनाएको छ । उल्भ्सलाई १-० गोल अन्तरले हराउँदै लिभरपुल चौथो चरणमा पुगेको हो । लिभरपुलको जितमा हार्भे इलियोटले निर्णायक गोल गर्नुभयो ।

इलियोटले खेलको १३औँ मिनेटमा थियागोको पासमा गोल गर्नुभयो । गत शनिबार भएको खेलमा लिभरपुल र उल्भ्सले २-२ गोलको बराबरी खेलेपछि यो खेल रिप्लेका रूपमा पुनः खेलिएको हो ।

लिभरपुलसँगै वेस्ट बु्रम र लुटोन टाउनले पनि चौथो चरणमा स्थान बनाएका छन् । ब्रिस्टोल सिटी र बिर्मिनघम सिटीले पनि चौथो चरणमा स्थान पक्का गरेका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?