सुरेश र दिलको जोडी फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनामा भइरहेको तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपमा ललितपुरका सुरेश बस्नेत र इमाडोल ब्याडमिन्टन स्पोर्ट्स क्लबका दिलबहादुर कदंगवाको जोडी उपाधि नजिक पुगेको छ ।

सुरेश र दिलको जोडीले एपिएफका बलराम लामिछाने र प्रेमकुमार श्रेष्ठको जोडीलाई २१-१७, २१-८ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । यस्तै, अर्को सेमिफाइनलमा नखिपोट युथ क्लबका पूर्ण बुढाथोकी र कुमार राईको जोडीले संघर्षपूर्ण खेलमा कीर्तिपुरका पूर्णचन्द्र जोशी र राजु महर्जनको जोडीलाई २१-१५, १८-२१, २१-१९ ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

पुरुष डबल्स ३५ वर्षमाथिको स्पर्धामा दथुलका राजु बज्राचार्य र नखिपोटका राम राईको जोडीले चितवनका विद्वान् गुरुङ र किरण लामाको जोडीलाई २०-२२, २१-११, २१-१९ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्‍यो । कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले मानभवन ब्याडमिन्टन क्लबका आकाश छन्त्याल र न्यु बिएसका नारायण गौतमको जोडीलाई २१-१७, २१-१४ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।

बालकुमारी रिमिक्स क्लबका भुवन श्रेष्ठ र दिपन महर्जनले एपिएफका इन्द्र महता र धिरेन चन्दको जोडीलाई २१-१२, २१-१३ ले तथा पुलिसका विष्णु कटुवाल र शम्भुकुमार श्रेष्ठको जोडीले मध्यपुर ब्याडमिन्टन क्लबका नवराज भण्डारी र शालिक गौतमको जोडीलाई २१-६, २१-१६ ले पराजित गर्दै सेमिफाइनलमा भेट पक्का गरे ।

यू–१९ तर्फको खेलमा एपिएफका क्षितिज खनालले आर्मीका सन्तोष पनेरुलाई २१-१७, २१-१५ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्नुभयो । सेनाका डेभिड थापा मगर र अनिल मल्लबीच भएको प्रतिस्पर्धामा डेभिडले बाजी मार्नुभयो । डेभिडले २१-८, २१-१२ को जित निकाल्नुभएको हो । यस्तै, सेनाकै हिमाल चन्द र कविर केसीबीचको खेलमा हिमाल चन्दले जित हात पार्नुभयो । चन्दले २२-२४, २१-१७, २१–१५ को सेटमा जित निकाल्नुभयो । सेनाका नरेन्द्र बम र रोशन चन्दबीच भएको खेलमा नरेन्द्र बमले २१-१९, २१-१७ को जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?