हेलिकप्टर दुर्घटना युद्धकै परिणाम भएको राष्ट्रपति जेलेनेस्कीको टिप्पणी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

किभ । युक्रेनको राजधानी किभमा भएको हेलिकप्टर दुर्घटना युद्धको समयमा नभएको युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेनेस्कीले बताएका छन् ।

गृहमन्त्रीसहित १४ जनाको मृत्यु हुने गरी बुधबार भएको हेलिकप्टर दुर्घटनाबारे विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै जेलेनेस्कीले युद्धको समयमा कुनै दुर्घटना नभएको स्पष्ट पारेका हुन् ।

युक्रेनले अहिलेसम्म उक्त दुर्घटनामा रुसको हात भएको दाबी गरेको छैन । तर जेलेनेस्कीले दावोसमा विश्व आर्थिक मञ्चमा यो दुर्घटना युद्धको नतिजा भएको बताए ।

दुर्घटनामा युक्रेनका गृहमन्त्री डेनिस मोनास्टीर्सकी र उनका केही सहयोगीको मृत्य भएको छ। भिडियोका माध्यमबाट आफ्नो सम्बोधनमा जेलेनेस्कीले आफ्ना सहयोगी पश्चिमी देशलाई छिटोभन्दा छिटो हतियार पठाउन अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?