सभामुखको निर्वाचनअघि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता पौडेलबीच बालुवाटारमा भेटवार्ता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सभामुखको निर्वाचनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता रामचन्द्र पौडेलबीच बालुवाटारमा भेटवार्ता भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटार पुग्‍नुभएकाे हाे ।

प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको पौडेलको सचिवालय स्रोतले जानकारी दिएको छ । प्रतिनिधिसभामा सभामुख चयनका लागि बैठक बस्नुभन्दा अघि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता पौडेलबीच भेटवार्ता भएको हो ।

सभामुख निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले सहयोग गर्ने कांग्रेसको अपेक्षा थियो । तर माओवादीको समर्थनमा एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार उठाएपछि कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

बुधबार कांग्रेसको पदाधिकारी बैठक चलिरहेका बेला प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सभामुखको उम्मेदवारी दिँदा छलफल गर्ने बताउनु भएकाे थियाे । तर प्रचण्डले फोन नगरेपछि कांग्रेसले आफ्नै उम्मेदवार उठाएको हो ।

बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। बैठकले सभामुखका दुई उम्मेदवार घिमिरे र न्यौपानेमध्ये एकलाई सभामुख निर्वाचित गर्दैछ । गत २६ पुसमा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । कांग्रेसले राष्ट्रपति पद आफूले लिनका लागि कुराकानी गर्दै आएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?