सिंजाद्वारा प्रविधिक कर्मचारीलाई पैतिस प्रतिशत थप सेवा सुविधा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले पालिका भित्रका कार्यरत इन्जिनियर तर्फका प्रविधिक कर्मचारीलाई आन्तरिक स्रोतबाट थप पैतिस प्रतिशत सेवा सुविधा (सहुलियत भत्ता) दिने भएको छ । नेपाल सरकाको प्रचलित तलब स्केल अनुसार स्थायी तथा अस्थायी प्रविधिक कर्मचारीको सेवा सुविधा माथि गाउँपालिकाले थप पैतिस प्रतिशत दिने निर्णय गाउँ कार्यापालिकाबाट पारित भइ कार्यान्वयनमा आउने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

प्रशासन र अन्य शाखामा कार्यरत कर्मचारीलाई यो व्यवस्था गरेका छैन अध्यक्ष धितालले भन्नुभयो,“ विशेषरी प्रविधिक कर्मचारीको कार्यालयमा थप काम हुनेदेखी फिल्डमै काम गर्ने भएकाले प्रविधिक कर्मचारीलाई पालिकाको आन्तरिक स्रोत बाट थप सेवा सुविधाको व्यवस्था गरेको अध्यक्ष धितालको भनाइ छ । ”

प्रविधिक कर्मचारीको समस्या र उनीहरुको माग अनुसार पालिकाले उक्त व्यवस्था लागु गरेको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिनुभयो । पालिकाको आन्तरिक स्रोत जुटाउनका लागि बालुवा गुट्टी को टेन्डर भई काम संचलानमा आएको छ । यो आर्थिक वर्षमा आन्तरिक राजश्व स्रोत १ करोड ६० लाख उठाउने लक्ष्य पालिकाले लिएको छ । अहिलेसम्म करिब ८ लाख माथि राजश्व उठी सकेको छ । आन्तरिक स्रोत बढाउन सिंजा गाउँपालिका लागि परेको प्रमुख प्रशासकीय अधिकृत धितालले बताउनुभयो ।

गाउँपालिकाले गरेको निर्णय स्वागत योग्य भएको सिंजा गाउँपालिका ईन्जिनियर राज कुमार भट्टले जानकारी दिनुभयो । अहिले सो गाउँपालिकामा एक इन्जिनियरसहित दशजना प्रविधिक कर्मचारी कार्यरत रहेको ईन्जिनियर भट्टले बताउनुभयो । दश जनाको स्थायी दरबन्दी भएकोमा छ जना स्थायी र चार जना अस्थायी प्रविधिकले काम गर्दे आएको सिंजा गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?