काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले अब निर्वाचित हुने सभामुखले सभामुख बनिसकेपछि कुनै पनि पार्टीमा अबद्धता नरहेको र यसपछिका दिनमा पनि कुनै पार्टीमा नरहने घोषणा गर्नुपर्ने बताउनु भएको छ। कुनै एक पार्टीबाट सभामुख बन्दा त्यस पार्टीप्रतिको जिम्मेवारी पार्टी सदस्यताले सभामुखलाई निश्पक्ष नबनाउने उहाँको भनाइ छ ।
सभामुख चयनका क्रममा उहाँले सत्तापक्षबाट सभामुखका उम्मेदवार देवराज घिमिरेलाई समर्थन गर्दै अहिलेको संसदमा मजबुद प्रतिपक्ष नरहेको संसद संसद जस्तो नरहेको बताउनु भयो । उहाँले सरकार र प्रतिपक्ष एकै भएकाले यो सरकार निरंकुश बन्ने हो की भन्ने शंका लागेको बताउनु भयो ।
देशमा भ्रष्टाचार व्याप्त रहेको प्रति दुख व्यक्त गर्दै अहिले बाँडिचुँडी खाँदा लोकतन्त्र र यो व्यवस्था नै समाप्त हुने सम्भावना रहेको उहाँको भनाइ छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका