उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिवार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधि सभा उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिवार हुने भएको छ ।

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले सो घोषणा गर्नुभएको हो ।

साथै उहाँले प्रतिनिधि सभा उपसभामुखको निर्वाचनको सूचना प्रकाशित गर्न पनि संसद सचिवालयलाई निर्देशन दिनुभयो ।

आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ । उहाँको पक्षमा १६७ मत आएको छ भने नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सय मत प्राप्त गर्नुभयो ।

त्यस्तै एक मत भने तथष्टमा खसेको थियो । सभामुखका लागि महतदानमा २६८ सांसद सहभागी हुनुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?