काठमाडौंको होटलबाट ७३१ थान राहदानीसहित तीनजना पक्राउ

Read Time = 1 min

काठमाडौं । काठमाडौ‌को एक होटेलबाट ७३१ थान राहदानीसहित तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका-३ का ४८ वर्षीय लोक जंग खड्कासहित  ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलहरूमा शंकास्पद व्यक्तिहरु रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले टोलीले होटेल सोनाबाट शंकास्पद रुपमा रहेका ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?