लाओसका खेलाडीमाथि इन्द्रको जित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । थाइल्याण्डको बैंककमा जारी यू-२२ बक्सिङ च्याम्पियनसिपको प्रि-क्वाटर फाइनलमा नेपालका मुक्केबाज इन्द्र सुनारले जित हात पार्नुभएको छ । च्याम्पियनसिपअन्तर्गत ५७ केजी तौल समूहमा उहाँले लाओसका खेलाडी सोक्साखुनलाई ५-० अंकका आधारमा पराजित गर्नुभएको हो । यो जितसँगै सुनार क्वाटरफाइनल प्रवेश गर्नुभएको छ । सुनारले अब क्वाटरफाइनलमा मंगोलियन मुक्केबाज गन्तुमार लुण्डासँग खेल्नुहुनेछ ।

सुनारबाहेक नेपालबाट सहभागी अन्य दुई खेलाडी बिजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) सेमिफाइनलमा प्रवेश गरिसक्नुभएको छ । उहाँहरूले क्रमशः इण्डोनेसियाका खेलाडी मोसकिता माइकल र काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसँग खेल्नुहुनेछ ।

यस्तै, अब महिला ४८ केजी तौल समूहमा नेपालकी सुस्मा तामाङले भियतनामकी क्युनहानसँग र महिला ५७ केजी तौल समूहकी हेमा राईले सिंगापुरकी चौउजीमिन बेर्नेसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नुहुनेछ । पुरुषतर्फ ४८ केजी तौल समूहमा लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग क्वाटरफाइनलमा खेल्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?