कवितासंग्रह ‘पातालपुञ्ज’को परिचर्चा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कवितासंग्रह ‘पातालपुञ्ज’को परिचर्चा गरिएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा काठमाडौंमा एक कार्यक्रमबीच कवि बन्धु पोख्रेल ‘नेत्र’ को कवितासंग्रह ‘पातालपुञ्ज’को परिचर्चा गरिएको हो ।

संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ समालोचक प्रमोद प्रधान रहनुभएको थियो । ‘पातालपुञ्ज’ कवितासंग्रहबारे समालोचकद्वय डा.रमेश शुभेच्छुक र डा.शान्तिमाया गिरीले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी निवर्तमान उपाध्यक्ष साहित्यकार बाबा बस्नेत, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, प्रमुख अतिथि प्रमोद प्रधान, अध्यक्ष वक्ताहरूले उहाँका कवितामा समसामयिक युगीन चेतना, मानवीय सन्देश, डायस्पोरिक अभिव्यक्ति, व्यंग्य, प्रकृति, शृंगारजस्ता विशेषता रहेको बताउनुभएको थियो ।

सो अवसरमा साहित्यकारहरू किशोर विश्वकर्मा (अस्टिन, अमेरिका), डा.मनोजकुमार थापा, डा.ध्रुव भट्टराई, नीरु श्रेष्ठ, निर्मलरमण पराजुली, भानुप्रकाश जोशी, राजबाबु श्रेष्ठ सागर, नवीना सिटौला, जस्मिन पाण्डे, ईश्वरी पौडेललगायत लेखकका परिवारजनको उपस्थिति थियो । सामाजिक अभियन्ता कवि अमेरिकाको टेक्सस राज्यको अस्टिनमा बस्दै आउनुभएको छ । साहित्यकार मुरारी सिग्देलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?