नेपाल मुक्तक प्रतिष्ठानको अध्यक्षमा रामकाजी कोने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठानको अध्यक्षमा रामकाजी कोने चयन हुनुभएको छ । प्रतिष्ठानको राजधानीमा सम्पन्न भएको भेलाबाट संस्थाको कार्यसमितिको पुनर्गठन भएको हो ।

प्रतिष्ठानको उपाध्यक्षमा वियोगी बुढाथोकी, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे र कोषाध्यक्षमा निशा केसी चयन हुनुभएको छ । यसैगरी सदस्यहरूमा क्रमशः विष्णुबहादुर सिंह, राधेश्याम लेकाली, गुप्तबहादुर श्रेष्ठ र दिव्य गिरीलाई चयन गरिएको छ । कार्यक्रममा ‘शिवपुरी सन्देश’ ९८ अंक पनि लोकार्पण गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?