काठमाडौं । चलचित्रकर्मी कल्याण कोषलाई गायक उदितनारायण झाकी पत्नी दीपा झा, अभिनेता दीपकराज गिरी, अभिनेत्री दीपाश्री निरौला, महिला सशक्तीकरणकी संयोजक गीता नेपालले आर्थिक सहयोग गर्नुभएको छ ।
कोषमा उदित पत्नी दीपाले पाँच लाख १११, निर्देशक, निर्माता तथा अभिनेता दीपकराजले एक लाख ११ हजार १०१, निर्माता तथा अभिनेत्री दीपाश्रीले एक लाख १११, निर्देशक तथा अभिनेता निर्मल शर्माले ५१ हजार १५१, अभिनेत्री स्वस्तिमा खड्काले ५१ हजार १११ र महिला सशक्तीकरणकी संयोजक गीताले ११ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको हो ।
हालसम्म कोषमा आठ लाख २४ हजार ६९६ रुपैयाँ सहयोग संकलन भएको छ । बोर्डका अध्यक्ष भुवन केसीको उपस्थितिमा चलचित्र विकास बोर्डले आर्थिक सहयोग गर्ने सबैलाई सम्मान पनि गरेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका