काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कोरोनापछि कमजोर बन्दै गइरहेको चीनसँगको आर्थिक तथा व्यापारिक सम्बन्ध पुनस्र्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरको अध्यक्षताको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले चीनबाट नेपालमा अधिक संख्यामा पर्यटक भित्र्याउने तथा लगानी र व्यापारिक सम्बन्ध विस्तार सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
कोरोनापछि चीनले बाहृय मुलुकसँगको सिधा उडान र व्यापारिक सम्बन्ध सुचारु गरिसकेको उल्लेख गर्दै त्यसबाट नेपालले लाभ लिन सक्ने वातावरण निर्माणका लागि पहल गर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष तुलाधारले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारमा जोड दिँदै चीनसँगको स्थलनाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याइनुपर्ने तथा वस्तु आयातसँगै पर्यटकका लागि पनि नाका खुला गर्ने सम्बन्धमा चिनियाँ पक्षलाई सहमत गराउनुपर्ने सुझाव दिनुभयो । साथै उहाँले द्विपक्षीय व्यापार अभिवृद्धिमा भुक्तानीको समस्या भइरहेको भन्दै नेपालमा चिनियाँ बैंकको शाखा स्थापनाका लागि पनि ध्यानाकर्षण गराउनुभयो । संघले चिनियाँ नागरिक नेपाल भ्रमण गर्न इच्छुक भए पनि पर्याप्त संख्यामा हवाई उडान नभएकाले चीनका विभिन्न शहरबाट काठमाडौं, पोखरा र भैरहवा विमानस्थलमा उडान व्यवस्था गर्न संघले माग पनि गरेको छ ।
त्यस्तै, चीनमा बढ्दो बुद्धमार्गीलाई लक्षित गरी लुम्बिनी भ्रमण सहजीकरणका कार्यक्रम ल्याउनुपर्ने, नेपाली वस्तुको निर्यात प्रवद्र्धनका लागि भन्सार नाकामा क्वारेन्टाइन तथा दुवै मुलुकको मान्यताप्राप्त ल्याब स्थापना गर्नुपर्ने एवं भन्सार नाकामा रहेको कोटा प्रणाली हटाई पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने सुझाव पनि दिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका