ग्लोबल र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

Read Time = 1 min

काठमाडौ । ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच उद्यमशीलता कार्यक्रमअन्तर्गत नगरवासीलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नगर प्रमुख भीमप्रसाद ढुंगाना र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नीलकण्ठ नगरपालिकाको मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम लिएका नगरवासीलाई व्यावसायिक बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, माछापालन, विभिन्न फलफूल उत्पादनलगायत अन्य लघु उद्यम गर्न नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । सो अवसरमा बैंकले वित्तीय साक्षरता कार्यक्रमसमेत आयोजना गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?