आजदेखि इलेक्ट्रिक लाइट तथा फर्मा एक्स्पो

Read Time = 1 min

काठमाडौं । शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल फर्मा एण्ड हेल्थ आयोजना हुने भएको छ । माघ ८ गतेसम्म सञ्चालन हुने मेला नेपालको पहिलो एकमात्र र सबैभन्दा बृहत् अन्तर्राष्ट्रिय ऊर्जा र विद्युत्, औषधोपचार, स्वास्थ्योपचार तथा फार्मेसीसँग सम्बन्धित मेला रहेको आयोजकको दाबी छ ।

मिडिया स्पेस सोलुसन्स(एमएसएस) का साथै एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रालि(इटिएसआइपिएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रालिको संयोजकत्वमा आयोजना हुन लागेको हो । मेलामा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी कम्पनीका स्टल रहने मेलाको उद्घाटन उपप्रधान, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनबाट हुने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?