पाल्पाका पालिकामा कांग्रेसको ‘घुम्ती बैठक’

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । नेपाली कांग्रेस पाल्पाले संगठन बलियो बनाउन ‘घुम्ती बैठक’ सञ्चालन गर्दै आएको छ । कांग्रेसले दशवटै स्थानीय तहमा अहिले घुम्ती बैठक सञ्चालन गरिरहेको हो । कांग्रेसले वर्तमान राजनीतिक अवस्था, पार्टी भित्रको परिदृश्यका कारण जनतामा देखिएको नैराश्यता, पार्टी र स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरू बीचको सामञ्जस्य कायम गर्ने उद्देश्यले स्थानीय तहमा घुम्ती बैठक सञ्चालन गरिएको पार्टी सचिवालयले जनाएको छ ।

पुस दोस्रो सातादेखि सञ्चालन भएको बैठक अहिले पाँचवटा पालिकामा सकिएको छ । कांग्रेसले क्षेत्र न. २ का तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, रिब्दिकोट गाउँपालिका, बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकामा बैठक गरिसकेको छ । बिहीबार क्षेत्र नं. १ को माथागढी गाउँपालिकामा बैठक गरेको छ ।

संगठनलाई आगामी दिनमा थप मजबुद बनाएर लैजानुको साथै पार्टी भित्र भएका तिक्तताहरूलाई मेटाउने र कांग्रेस नेतृत्वका कारण जनतामा देखिएको नैराश्यता जस्ता विषयलाई समाधान गर्ने गरी जिल्लाका सबै पालिकाहरूमा घुम्ती बैठक गरिँदै आइएको पार्टी जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताउनुुभयो । सम्बन्धित तहका पार्टी नेतृत्वको उपस्थितिमा व्यापक छलफल र समीक्षा गरी आगामी पार्टीको कार्यदिशा तय हुने उहाँले बताउनुुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?