त्रिभुवन विमानस्थलमा नवनियुक्त पर्यटनमन्त्री किराँतीको छड्के

आगमन कक्ष व्यवस्थित गर्न निर्देशन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । बिहीबार बिहान उहाँले काठमाडौंस्थित विमानस्थलको अनुगमन गर्नुभएको हो । उहाँले विमानस्थलका शौचालय सफा र त्यहाँ सेनेटरी प्याडलगायत राखिनुपर्नेमा जोड दिनुभयो । ‘अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयभित्र छिरेको मान्छेले जिन्दगीभर सम्झिन्छ । राम्रो गीत बजेको शौचालय र राम्रा फोटो देखिने शौचालयमा अझ बसुँबसुँ लाग्ने, ‘मन्त्री किराँतीले भन्नुभयोे, ‘शौचालयमा काम गर्नेको सुविधा बढाइदिऊँ, कामअनुसार ड्रेस पनि भएन ।’

विमानस्थलको शौचालयले सन्देश दिने उहाँको भनाइ थियो । विमानस्थलको शौचालय हेरेर स्थानीय तहले पनि राम्रो शौचालय बनाउन सक्ने उहाँले बताउनुभयो । स्थानीय तहका प्रमुख तथा उपप्रमुख विमानस्थल आउँदा सफा शौचालय देख्ने र आफ्नो ठाउँमा पनि त्यस्तै शौचालय बनाउने उहाँको भनाइ थियो । मन्त्री किराँतीले शौचालय सफा अभियान सुरु गर्न लागिएको बताउनुभयो । विद्युतीय भर्‍याङबारे एक भिडिओ भाइरल भएको भन्दै उहाँले भन्नुभयो, ‘फेरि यस्तो नहोस् ।’ उहाँले नीतिगत समस्या परे आफूले समाधान गर्न पहल गर्ने पनि बताउनुभयो । उहाँले यात्रुका झोलाहरू हराउने र कैँचीले काट्नेजस्ता गुनासासमेत सुनिने गरेको बताउनुभयो । ‘टेपले किन सुटकेस बाँध्ने रहेछ भनेको त चोरिन्छ भनेर पो रहेछ,’ उहाँले भन्नुभयो । उहाँले नेपालका विमानस्थललाई कमजोर सुरक्षाका दृष्टिले किन हेरिन्छ ? भन्नेबारे विवरण आफूलाई चाहिएको बताउनुभएको थियो ।

‘हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर छ’
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभामा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउन नेपाली कांग्रेसले माग गरेसँगै सरकारको तर्फबाट जानकारी गराउँदै मन्त्री किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताउनुभएको हो । उहाँले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले मृतकहरूले श्रद्धाञ्जलि पनि व्यक्त गर्नुभयो ।

गत माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ मध्ये ७१ जनाको शव फेला परेको बताउनुभयो । उहाँले अझै एकजना शिशुको शव खोजी कार्य जारी रहेको जानकारी दिनुभयो । उहाँले सरकारले खोजी कार्यमा नेपाल प्रहरी, नेपाल आर्मी, नेपाल सशस्त्र प्रहरी बल लगायतका निकाय खोजी कार्यमा निरन्तर लागेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?