प्रधानमन्त्री कप महिला क्रिकेट : आज सेमिफाइनलका खेल हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछन् ।

सुनसरीको इटहरीमा भइरहेको प्रतियोगितामा आज पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश खेल्दै छन् ।

मधेस प्रदेशविरुद्ध टस जितेर सुदूरपश्चिम व्याटिङ गरिरहेको छ । सुदूरपश्चिम समूह ‘ए’ को विजेता र मधेस प्रदेश समूह ‘बी’ को उपविजेता टोली हो ।

आज नै हुने दोस्रो सेमिफाइनलमा प्रदेश १ र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । प्रदेश १ समूह ‘बी’ को विजेता र एपीएफ समूह ‘ए’ को उपविजेता हो । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?