सभामुख देवराज घिमिरेद्वारा शपथ ग्रहण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सभामुख घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको थियो । एमालेका नेता रहनुभएका घिमिरे सत्तारुढ दलको समर्थनमा सभामुखमा निर्वाचित हुनुभएकाे हाे ।

शपथ ग्रहणपछि उहाँ लैनचौरस्थित शहीदको शालिकमा माल्यार्पण गर्न जाने र त्यसपछि पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?