नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

Read Time = 1 min

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज हुनु भएको छ। स्वास्थ्यमा सुधार आएसँगै उहाँ शुक्रबार अस्पतालबाट डिस्चार्ज हुनु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उपमहासचिव पुन ललितपुरको सुमेरु अस्पताल भर्ना हुनु भएको थियो । एक साताको उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै अस्पतालले उहाँलाई डिस्चार्ज गरेको हो ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि रोल्पाबाट हेलिकप्टरमार्फत ल्याएर उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

लामो समयदेखि जन्डिसजन्य रोगबाट पुन पीडित हुनुहुन्छ ।

शुक्रबार नै सभामुख देवराज घिमिरे र स्वास्थ्यमन्त्री पदम गिरी अस्पताल पुगेर पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?