स्वास्थ्यका लागि बेसार, जसमा छन् भरिपूर्ण औषधीय गुण

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । हाम्रो भान्सामा सधैँ प्रयोग हुन्छ बेसार । हामी सदियौँदेखि यसको प्रयोग गर्दै आएका छौँ । यो स्वास्थ्यको दृष्टिकोणले पनि धेरै प्रभावकारी हुने गर्दछ । बेसारमा एन्टिअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । यो वर्षौंदेखि प्रयोग हुँदै आएको एक किसिमको जडीबुटी पनि हो ।

कुनै पनि मिसावट नगरिएको र अप्रशोधित बेसारलाई औषधिका रूपमा प्रयोग गरिन्छ । यसले स्वास्थ्यमा धेरै फाइदा पुर्‍याउने भएकाले पनि औषधि भन्ने गरिएको हो । बेसारको धुलो धेरै लाभदायक हुने प्रमाणित भइसकेको छ । तर, काँचो बेसारको प्रयोगलाई उत्तम मानिन्छ ।

काँचो बेसार प्रशोधित र प्याकेज गरिएकोमा भन्दा धेरै पोषिलो र प्रभावकारी मानिन्छ । काँचो बेसारलाई मुख्यतयाः जाडो याममा प्रयोग गर्दा अद्भूत स्वास्थ्यलाभ हुने विश्वास छ । काँचो बेसारलाई तातो पानी वा दूधमा अदुवा र दालचिनीको धुलोसँगै उमालेर खान सकिन्छ ।

हाम्रो भान्सामा दैनिकरूपमा प्रयोग हुने बेसारमा औषधीय गुण भएको कुरा वैज्ञानिक अध्ययनहरूले पनि देखाएका छन् । कोरोना भाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार सेवन गर्नुपर्ने सुझाव धेरैले दिएका थिए । तर, अत्यधिक मात्रामा बेसार सेवन गर्दा तथा बजारमा बेचिने मिसावट भएको बेसार प्रयोग गर्दा शरीरलाई लाभभन्दा हानि बढी हुन सक्ने विज्ञहरूले औंल्याएका छन् ।

हाम्रो भान्सामा दैनिकरूपमा प्रयोग हुने बेसारमा औषधीय गुण भएको कुरा वैज्ञानिक अध्ययनहरूले देखाएका छन् । कोभिड–१९ को महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार सेवन गर्नुपर्ने सुझाव धेरैले दिएका थिए । अत्यधिक मात्रामा बेसार सेवन गर्दा तथा बजारमा बेचिने मिसावट भएको बेसार प्रयोग गर्दा शरीरलाई लाभभन्दा हानि बढी हुन सक्ने पनि विज्ञहरूले औंल्याएका छन् ।

आफ्नो शरीरको तौलअनुसार कति बेसार खानु हुन्छ भन्ने विषय थाहा पाउनु आवश्यक भएको उनीहरू बताउँछन् । नेपाली भान्साको अपरिहार्य यो ‘मसला’ को गुणस्तरबारे पनि सर्वसाधारणहरू सजग रहनुपर्ने उनीहरूको भनाइ छ ।

आयुर्वेद र वैकल्पिक चिकित्सा पद्धतिमार्फत् कोरोना भाइरसको रोकथामका उपाय र व्यवस्थापनसम्बन्धी सरकारी निर्देशिकामा पनि दैनिकरूपमा खानामा बेसार प्रयोग गर्न सुझाइएको थियो ।

बेसारमा करक्युमिन नामक रसायन रहेको हुन्छ । यसले सुन्निएको शरीरमा दुखाई कम गर्ने काम गर्छ । बेसारले एक शक्तिशाली एन्टीअक्सिडेन्टका रूपमा काम गर्ने हुनाले यसले क्यान्सर उत्पादन गर्ने कोशिकाहरूसँग लड्ने काम गर्ने बताइन्छ ।

बेसारलाई कुष्ठ र लुतो हटाउने, विष नष्ट गर्ने गुण भएको वनस्पति मानिन्छ । श्वास रोग, खोकी, रक्तपित्त, आँखा रोग आदिमा यो निकै उपयोगी हुन्छ । दूधमा बेसार मिश्रण गरेर सेवन गर्दा रुघाखोकी निको हुन्छ । पेटमा ग्याँस जम्ने समस्या भएमा बेसार पानी सेवन गर्नुपर्छ । मुखमा घाउ, खटिरा आएको बेला बेसारले कुल्ला गर्नुपर्छ ।

छालाको सौन्दर्य बढाउन पनि बेसार उपयोगी मानिन्छ । बेसारलाई सौन्दर्य प्रसाधनका रूपमा समेत प्रयोग गरिँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?