व्यंग्य : बिदाकै चिन्ता

हिमालय टाइम्स
Read Time = 10 mins

✍️ राजेन्द्र पुडासैनी

कसैलाई केको धन्दा, कसैलाई केको धन्दा, घरज्वाइँलाई खानकै धन्दा ! भन्ने उखान नै छ । हुन पनि कसैलाई केको चिन्ता, कसैलाई के को चिन्ता, कर्मचारीहरूलाई चाहिँ बिदाकै चिन्ता ! मलको अभावमा कृषकलाई खेती गर्न नपाएर चिन्ता छ । आफ्ना बालबच्चाको फि तिर्न नपाएर अभिभावकलाई खर्चको चिन्ता छ । विद्यार्थीलाई फ्री नतिरे जाँचमा प्रवेशपत्र पाइँदैन, प्रवेशपत्रविना जाँच दिन पाइँदैन भन्ने चिन्ता छ गृहणीलाई तरकारी र ग्यासको भाउ बढेर चिन्ता छ ।

बहालमा बस्नेहरूलाई घरभाडा बढ्ला कि भन्ने चिन्ता छ । पसल थाप्नेहरूलाई आफ्नो पसलमा डोजर चल्ला कि भन्ने चिन्ता छ । पुरोहितहरूलाई दक्षिणा कम देलान् कि भन्ने चिन्ता छ । डाक्टरहरूलाई बिरामी नआउलान् कि भन्ने चिन्ता छ । डाक्टरहरूलाई बिरामी नआउलान् कि भन्ने चिन्ता छ । अस्पतालहरूलाई बेड र भेन्टिलेटरको अभावको चिन्ता छ । आखिर यो दिमाग भन्नु चिन्ता उत्पादन गर्ने कारखाना त रहेछ ।

बिदाका थुप्रै फाइदाहरू छन् । स्कुल बिदा भनेपछि बच्चाहरू कति फुरुङ्ग पर्छन् । चकलेट, आइसक्रिम खान पाउँदाभन्दा यी बच्चाहरू बिदा भनेपछि दंग पर्छन् किनभने छुट्टीमा फेसबुक, टिकटक, पब्जी, फ्रि फायर जस्ता खेल खेलेर, चलाएर बिदा मनाउँन पाइन्छ ।

चिन्तै चिन्तैको बीच कर्मचारीहरूको मुख्य चिन्ता भनेको बिदा नै हो । सरकारको लोकप्रियता मापन गर्ने साधन बनेको छ बिदा । सरकारले बिदा दिए कर्मचारी दंग बिदा नपाए सबै सँग । तिजको बिदा दिएपछि ऋषि पञ्चमीमा बिदा छैन । काक्रो काटे झैँ कति बिदामात्र काटिराख्या होलान् ? हुन त कर्मचारीहरूलाई वर्षमा घर बिदा ३० दिन, बिरामी बिदा १२ दिन भइपरी आउने र पर्व बिदा १२ दिन बिदा दिने चलन प्रत्येक महिनामा चारण् शनिबार बिदा दिइन्छ । यसबाहेक अध्ययन बिदा, असाधारण बिदा त छँदै छन् । प्रदेशहरूमा थप बिदा दिन सक्ने प्रावधान छ तर जति बिदा दिए पनि अपुग । अब घर बिदा दिएपछि माइती बिदा, ससुराली बिदा, मामाघर बिदा दिन किन कञ्जुस्याइँ गर्नु पर्‍यो ? कोरोना बिदा दिएपछि डेंगु, मलेरिया, टाइफाइड, हैजा बिदा थप्दा के फरक पर्छ र ? अध्ययन बिदा दिएपछि अध्यापन बिदा दिन मिल्दैन र ?
बिदाका थुप्रै फाइदा छन् । स्कुल बिदा भनेपछि बच्चाहरू कति फुरुंग पर्छन् । चकलेट, आइसक्रिम खान पाउँदाभन्दा यी बच्चाहरू बिदा भनेपछि दंग पर्छन् किनभने छुट्टीमा फेसबुक, टिकटक, पब्जी, फ्री फायर जस्ता खेल खेलेर, चलाएर बिदा मनाउन पाइन्छ । कर्मचारीलाई बिदा दिएपछि ढिलासम्म सुत्न पाइन्छ । घर परिवारसँग पिकनिक, रेष्टुरेन्ट जान पाइन्छ । कलेज पढ्नेहरू डेटिङ जान पाउँछन् । अनि भए न मज्जा ! अब एउटा रोचक प्रसंग उल्लेख गर्न चाहन्छु । म एक दिन जग्गाको कामले अड्डातिर चाहर्दै थिए । आफूलाई कालो अक्षर भैंसी बराबर ! के हो नागरिक बडापत्र ? कुन शाखाले के काम गर्छ के थाहा ? महिनाभरिका दिनभन्दा अड्डाका शाखाहरू धेरै रहेछन् । ती शाखाका महाशाखा, उपशाखा, प्रशाखा के के हुन के के ? एकजना महिला कर्मचारीहरूलाई कुर्सीमा बसिरहेको देखेर सोधे, ‘नानी, मेरो नाम धनीराम हो, मेरो फाइल कहाँ पुग्यो होला ?’

उनले झर्कँदै भनिन् हेर्नोस बा, यहाँ थुप्रै शाखाहरू छन् । शाखा पिच्छे हाकिम छन् अनि हाकिमपिच्छेका शाखा । कुन शाखामा पुग्यो कसका पुग्यो म कुनै ‘फाइल गोठालो’ त होइन नि ! होइन नानी म नपढेको मान्छे, सबै कुरा बुझ्दिन । अड्डा अदालतको भाषा नै अर्के हुन्छ । फेरि सरकारले मुस्कानसहितको सेवा दिने भनेको छ, होइन र ? उनले थपिन् हेर्नोस् बा, मुस्कानसहितको सेवा दिन त मोनालिसा हुनुपर्छ । सरकारले टेबुलपिच्छे एउटा एउटा मोनालिसाको व्यवस्था गर्न सक्नुपर्छ । यहाँ त दिनहुँ तपाईं जस्ता पाँच सय ग्राहक आउँछन् । कतिसँग मुस्कुराउनु । हामी त तपाईं जस्ता ग्राहकहरूलाई जवाफ दिँदा दिँदा ‘काली माता’ नै बन्छौँ । हुन पनि नानीको चालढाल हेर्दा कालीमात्र होइन ‘महाकाली’ उर्ले जस्तै देखिन्थिन् ।

अर्को कोठामा एकजना भलादमी कर्मचारी रहेछन् । उनी कम्प्युटरमा फेसबुक हो कि के जाति हो चलाउँदै रहेछन् । मैले सोधे बाबु मेरो नाम धनीराम हो, मेरो जग्गासम्बन्धी एउटा फाइल थियो, बाबु कहाँ आएको छ कि ? उनले पनि त्यस्तै रुखो जवाफ दिए, हर्नोस् त बा यहाँ कानुन शाखा, राय शाखा, निर्माण शाखा, प्रशासन शाखा, खरिद शाखा, लेखा शाखा, दर्ता शाखा थुप्रै शाखा छन् । तपाईंको फाइल मेरो शाखामा आएको छैन । बरु माथिल्लो तलामा गएर दर्ता शाखामा सोध्नु होस् न ।

किराना पसलेलाई बिदा दिए, कसले दाल चामल बेच्छ ? ड्राइभर, कन्डक्टरलाई बिदा दिए सहर कसरी जानु ? औषधि बिक्रेतालाई बिदा दिने हो भने कोसँग औषधि किन्नु ? सरकारलाई नै बिदा दिने हो भने राज्य कोबाट सञ्चालन गर्नु ?

आफू दमको रोगी । भ¥याङ चढ्दा स्याँ स्याँ हुन्छ । बल्ल दर्ता शाखामा पुगेँ । दर्तामा फाइल तोक आदेशका लागि हाकिम कहाँ पुगेको जानकारी पाए । म आफ्नो कुरा राख्न हाकिम खोज्दैथिएँ । उनी त बाहिर निस्केछन् । म पृथ्वीले सूर्यलाई घुमेझैँ अड्डाका वरिपरि घुमिरहेँ । बेलुका घर फर्केपछि श्रीमतीले सोधिन् काम भयो ? मैले भने काम त भयो । पहिलो काम शहर जान बस चढेँ । दोस्रो काम भनेको फाइल सोध्ने काम भयो । तेस्रो भ¥याङ चढ्ने काम भयो, चौथो भोकै कोठा चहार्ने काम भयो, अनि पाँचौं चाहिँ फर्कने काम भयो । श्रीमतीले सोधिन्, अनि आफ्नो काम नि ? यी सबै आफ्नै काम होइनन् र ? मैले भने ।

भोलिपल्ट म बिहानै निस्किएँ । अड्डाका हाकिम त बिदा पो बसेका रहेछन् । हाकिम नभएपछि काम नहुने भयो । यो बिदाले त हैरान पा¥यो । बिदालाई सधैँ बिदा दिन पाए पो त ? एक मनले सोचे, यी बिदा जति कर्मचारीलाई पो मात्र पो हो नि । तरकारी बेच्ने पसलेलाई बिदा दिए, कस्ले तरकारी बेच्छ र ? किराना पसलेलाई बिदा दिए, कसले दाल चामल बेच्छ ? ड्राइभर, कन्डक्टरलाई बिदा दिए शहर कसरी जानु ? औषधि विक्रेतालाई बिदा दिने हो भने कोसँग औषधि किन्नु ? सरकारलाई नै बिदा दिने हो भने राज्य कोबाट सञ्चालन गर्नु ?

तेस्रो दिन पनि मैले अड्डामा हजिर लगाएँ । मेरो फाइल कानुन शाखामा पुगेको रहेछ । उक्त दिन कानुन अधिकृत विदामा रहेछन् । उनी नआई मेरो फाइल अगाडि बढ्ने कुरै भएन । अझ अन्य शाखाहरू लेखा, राय, निर्माण, चुस्त शाखा, चनाखो शाखाहरूमा त पुग्नै बाँकी छ । यी सबै शाखाको काम सकिँदा म रहन्छु कि रहँदिन । त्यो नै ठेगान छैन । तपाईं पनि कुनै दिन उक्त अड्डामा कथंकथाचित पुग्नु भयो भने मेरो अड्किएको फाइल अगाडि बढाउन सहयोग गर्नुस् ल ? समाप्त । घट्टेकुला, डिल्लीबजार ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?