त्यसो त भर्खरै देशले अभूतपूर्व विश्वास प्राप्त गरेको छ । हाम्रो देश छ अनि देश छ भन्ने कुरामा हामीलाई विश्वास छ र यो देशलाई चलायमान बनाउन सरकार चाहिन्छ । त्यसैले हामी सबै मिलेर त्यो प्रचण्ड सरकार पनि बनाएका छौँ । अब हामीलाई ढुक्क छ, हामी पनि छौँ हाम्रो देश र हामीलाई चाहिएको सरकार पनि छ भनेर लालमोहर लगाइएको अवस्थामा देश र जनताका विषयमा अब अरू धेरै कुरा गर्न पर्छ जस्तो लागेकै छैन । सत्तापक्ष र प्रतिपक्ष समेतको विश्वासमा प्रचण्ड बहुमतका साथ प्रचण्डले सरकारको बागडोर समाल्नु भएको छ । बहुमतको सरकारलाई चलाउन प्रतिपक्षमा पुगेको पार्टीले पनि स्वेच्छिक किसिमले समर्थन गर्ने जुन रहर गरेको छ त्यो झनै बलियो विश्वासको आधार होला ।
यसका पछाडिका रहस्यका विषयमा मौखिक बहसका भाष्यहरू तयार भइरहेका छन् । केही दिन पहिलेको एउटा लेखमा मित्र डा.शान्तिकृष्ण अधिकारीले कांग्रेसका कार्यकर्ताले भोट दिएर चुनाव जिताएका प्रचण्डले कांग्रेसलाई पाखा लगाएर सरकार बनाएको विषयलाई सङ्केत गर्दै राजनीतिको विचित्र चरित्रका विषयमा लेख लेख्नुभएको थियो र त्यही लेखको प्रतिक्रियामा मैले ‘कांग्रेसले चुनाव जिताएका प्रचण्ड कांग्रेसका पनि प्रधानमन्त्री हुन् भनेर सरकारलाई समर्थन गरियो भने बरू सजिलो होलाजस्तो लाग्यो शान्ति सर’ भनेर लेखेको थिएँ । संयोगको कुरा त्यसैको दुई तीन दिनमै नेपाली कांग्रेसले पनि प्रचण्डको सरकारलाई विश्वासको मत दिएपछि मलाई आफ्नै भनाइ लागू भएजस्तो अनौठो अनुभव भएको थियो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको उज्यालो आँगनमा उभिँदा कुनै पनि लोकतान्त्रिक व्यक्तिले यही सरकारले जस्तै विश्वासको मत पाउनुपर्छ भन्ने लाग्छ । यदि कुनै लोकतान्त्रिक व्यक्तिले लोकतान्त्रिक आस्थाकै कारणले चित्त दुःखाएको अनुभव गर्छ भने त्यो त्यति प्रिय कुरा हुन सक्दैन ।
खाँचो नै नपरेको बेलामा आफ्नो प्रतिपक्षीय भूमिकालाई बिर्सेर सरकारलाई समर्थन गर्नुका पछाडिका रहस्यहरू खुल्दै जालान् । ती हाम्रो बुझाइभन्दा बाहिरका कुरा भए । समयले रहस्योद्घाटन गराउँदै जाला । यसरी विश्वास लिएको सरकारलाई र विश्वास दिने दलहरू समेतमा यो विश्वासको मतपछि झनै अविश्वास मडारिइरहेको कुरा पनि प्रतिक्रियाहरूमा आइरहेकै छन् । विश्वास दिनु धेरै राम्रो कुरा हुँदाहुँदै पनि विश्वासकै मतबाट डराएर गरिएका प्रतिक्रियाहरू हेर्दा सरकारले विश्वासको मत पाएको होइन बरू अविश्वासको मत पो पाएको हो कि ! भन्ने जस्तो लागेको छ । राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन जे पनि सम्भव हुन्छ भन्ने भनाइ नै अहिले चरितार्थ भएको लाग्दैछ । आज यस्तै विश्वासभित्रको अविश्वासका विषयमा केही गन्थन गर्न मन लागेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको उज्यालो आँगनमा उभिँदा कुनै पनि लोकतान्त्रिक व्यक्तिले यही सरकारले जस्तै विश्वासको मत पाउनुपर्छ भन्ने लाग्छ । यदि कुनै लोकतान्त्रिक व्यक्तिले लोकतान्त्रिक आस्थाकै कारणले चित्त दुःखाएको अनुभव गर्छ भने त्यो त्यति प्रिय कुरा हुन सक्दैन । त्यसैले प्रचण्ड विश्वासको सरकारका हरेक नागरिकले त्यस्तै प्र्रचण्ड विश्वास अनुभव गर्न पाउनुपर्छ । वैचारिक स्वतन्त्रता र आत्मनिर्णयको अधिकारको दुहाइ दिएर नथाक्ने व्यक्ति, संस्था वा चरित्रले यदि सिद्धान्तका विपरीत आफ्नो आचरण प्रकट गरेको छ भने निश्चय नै त्यो पनि स्वीकार्य कुरा होइन । मदारीको नाचमा छमछम नाच्न त बाँदर हुनुपर्छ ।
अकिञ्चन भएपछि मदारीको शरणमा जानु मानिसको पनि बाध्यता हो । जसले, जसरी, जता फर्किएर नाच्न भन्यो त्यसरी नै नाच्नको निम्ति मानिस त्यति बाध्य छैन लोकतन्त्रमा । त्यसमाथि मानिस त बुद्धि र विवेक पनि साथैमा लिएर हिँड्ने प्राणी । यति कुरा सत्य हो धेरै पटक मानिसले आफ्नो विवेकको प्रयोग गर्न पाएको हुँदैन । कतिपय अवस्थामा त आफूलाई मन नपर्ने व्यक्तिलाई हात काटेर दिएको हुन्छ । कतिपटक खुट्टा चुँडालेरै दिएको हुन्छ । कतिलाई आँखा दिएर सहयोग गरेको हुन्छ । अनि कतिलाई मनमुटु अनि हृदय नै दिएको हुन्छ र आफू हृदयहीन जस्तो उभिएको पनि हुन्छ । त्यसै बापत तिरस्कार पिएको पनि हुन्छ ।
यी मानिसका कथा हुन् । मानिसको जीवनमा यस्तो समय आइरहन्छ । र त्यसको बदलामा पाएको भनेको केहो थाहा छ सञ्चेतना ? अविश्वास । हो अविश्वास एउटा अँध्यारो गुफा हो । अविश्वासको अँध्यारोमा अनगिन्ती आस्था, विश्वास र प्रेमकाग्रन्थहरू जलाएर त्यसैको धुवाँले अनुहारमा कालो पोत्ने बाध्यता आइलाग्छ । अँध्यारोमा हिँड्न जानेकाहरूलाई उज्यालोमा असजिलो अनुभव हुँदो हो तर उज्यालोको खोजीमा हिँडेकाहरूलाई त्यो असजिलो कुरा हो । अँध्यारोको साम्राज्यमा विश्वासको हत्या गर्न सजिलो पर्छ । हो ! अविश्वासको गहिरो खाडलमै हुन्छौँ हामी जहिले पनि ।
जसलाई हात दियो उसले त्यही हातले हिर्काएको छ । जसलाई खुट्टा दियो उसैले त्यही सापटी खुट्टाले छिर्केनी हालेर लडाएको छ र आफूलाई उछिनेर अगाडि बढेको छ । जसलाई आँखा दिएको छ उसैले टेढा आँखा लगाएर आफैँतर्फ फर्केर तिरस्कार ओकलेको छ । कहिले अगाडि हिँड्नेहरूको भर्याङ बनेर धेरैलाई काँधमा टेकाएर माथि पु¥याएको छ । यति सारो कमारो नबनौँ न त भन्यो समयको कठोर प्रहार परिरहन्छ बेला न कुबेला । यस्तो म सोचिरहन्छु घरिघरि वा अरूले पनि यस्तै भोगिरहेको होला जो मजस्तो सोच्छ । प्रिय सञ्चेतना कोही कसैको कारिन्दा त होइन नि ?
यो त मानिसको कथा हो समयले लेख्दै र लेखाउँदै आएको । सदियौँदेखिका यी कथाहरू दोहोरिइरहन्छन् मानिसको संसारमा । गुनासो नभएको जीवनमा आनन्द छैन । चुनौती नभएको समयमा सामथ्र्य छैन । गति नभएको जीवनमा प्राण छैन । विवेक नभएको निर्णयमा न्याय छैन । आत्मसम्मान अनुभूत नभएको स्वतन्त्रतामा उज्यालो छैन । आँखामा उज्यालो छैन भनेँ मनमा पनि उज्यालो रहँदैन । अँध्यारो मन लिएर लामो यात्रा तय गर्न सकिँदैन । सन्देहका बीचबाट सत्यको बाटो पहिल्याउनु जीवनको अग्निपरीक्षा हो ।
यसरी चुनौतीका पहाड छिचोलेरै त सगरमाथा उभिन सकिने हो सञ्चेतना अन्यथा नाम्चे बजारमै इहलीला समाप्त हुन्छ । तर, पटक-पटक नापिनरहनुपर्ने सगरमाथाको उचाइ र पटक-पटक दिइरहनुपर्ने चरित्रको अग्निपरीक्षाबाट कति समय उचो र प्राञ्जल रहिरहन सम्भव छ त्यति नै समयको सायद सुन्दर जीवन हो । अरू त सबै बहानामात्रै हुन् बाँच्नुका । यक्षप्रश्नसँग पौँठेजोरी नखेलेसम्म उत्तरको संसारमा प्रवेशाज्ञा मिल्दैन । अनन्त प्रश्न र अनन्त उत्तरका सम्भावना त्यसपछि मात्रै प्राप्त हुनेछन् जब मानिसले जसरी पनि उभिने सामथ्र्य राख्ने छ ।
लगानीविनाको ज्ञानमा धेरै भरोसा गर्नु पनि हुँदैन । कुनै पनि बेला त्यस्तो सस्तो ज्ञानले धोका दिन सक्छ । अहिले केही त्यस्तै निःशुल्क अनि सस्ता ज्ञानको समय चलेको छ जसले बेलाबेला धोका दिएको लाग्दैछ ।
प्रिय सञ्चेतना अहिले मलाई सोध्यौ भने मनभित्र अनगिन्ती चोट पालेर उभिएको पाउने छौ । कसैले दिएको नभएर आफैँले आर्जेका यी चोटहरू जीवन जत्तिकै प्रिय छन् । त्यसैले त जीवन छ मसँग । जगत् हेर्ने आँखा छन् मसँग । जब म जीवनदेखि निराश हुन्छु त्यतिबेला जगत् हेर्न थाल्छु । त्यसो त जीवनविनाको जगत् पनि त्यति प्रिय होइन कसैको निम्ति पनि तर जगत्को पाठशालामा शुल्क नतिरेरै ती धेरै विषयको पढाइ गर्न पाइन्छ जसको पढाइ जीवनको पाठशालामा पाउन सकिएको हुँदैन । यी खोट र चोटहरूको ज्ञान पनि धेरै त निःशुल्क नै पाइएको छ तापनि धेरै ज्ञानहरू महँगा छन् । अस्तित्व नै दाउमा राखेर पाइने यी ज्ञानहरू त्यसैले अरू धेरै ज्ञानहरूभन्दा प्रिय पनि छन् ।
भनिन्छ नि लगानीविनाको ज्ञानमा धेरै भरोसा गर्नु पनि हुँदैन । कुनै पनि बेला त्यस्तो सस्तो ज्ञानले धोका दिन सक्छ । अहिले केही त्यस्तै निःशुल्क अनि सस्ता ज्ञानको समय चलेको छ जसले बेलाबेला धोका दिएको लाग्दैछ । पटक-पटक धुलो टक्टक्याएरमात्र राम्ररी उभिन सम्भव छ । एकपट दह्रो खुट्टाले जमिन टेक्न सकियो भने पृथ्वीमा उभिइयो भन्ने लाग्ला । परीक्षणकाल जीवनको मिति नलेखिएको कागज रहेछ जसको म्याद कतिखेरै पनि सकिन सक्छ वा केही समय अझै परीक्षणको अवसर प्राप्त हुन्छ । उमेरको हदबन्दी सबैभन्दा बलियो निसाफ हो भन्ने मान्दा प्रकट हुने विस्मात् अलि भिन्नै हुन्छ । बैँसमा जीवन पनि सस्तो लाग्दथ्यो । जहाँ जतिखेरै पनि चढाइदिऊँ जस्तो ।
एउटा उत्तेजनाले चलाएको त्यो जीवनमा अघिपछिका कथाहरू थिएनन् । भए पनि महत्वहीन थिए । जीवनपछिको अँध्यारो जन्मिएकै थिएन क्यारे त्यतिबेला । उमेर ढल्किँदै जानु र जीवनमोह गहिरिँदै जानु कस्तो संयोग हो । फ्याट्ट फ्याट्ट आफन्तका अनुहारहरू यो धर्तीमा विलय भएका खबर सुन्नमा आउँछन् आफैँभित्र एउटा गहिरो खाडल थपिन्छ । नश्वरताको दर्शन एकातिर अनि जीवनमोह अर्कोतिर प्रतिस्पर्धी भएर उभिन्छन् जब निर्णय लिन गाह्रो पर्छ । सधैँ बनाबटी कुरा गरेर पनि साध्य छैन । बोल्नु र भोग्नुमा धेरै अन्तर हुँदोरहेछ सञ्चेतना । समयले हरेक खबर सुन्न, प्रत्येक दृश्य देख्न र हरेक परिस्थिति भोग्न सक्ने शक्ति प्रदान गरोस् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका