अर्जेन्टिनामा शक्तिशाली भूकम्प

हिमालय टाइम्स
Read Time = 1 min

व्युनर्स आयर्स । अर्जेन्टिनामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ । अर्जेन्टिनाको कार्डोबाबाट ५१७ किलोमिटर उत्तरमा ६.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प अर्जेन्टिनाको सान्टियागो डेल एस्टेरो प्रान्तको मोन्टे क्वेमाडोबाट १०४ किलोमिटर टाढा थियो ।

पाराग्वे र अर्जेन्टिनामा भूकम्पको धक्का महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक भएको छैन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?