२० पारी विवाह गर्ने दुलहीलाई सिलिन्डर उपहार

Read Time = 3 mins

‍-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । बाल विवाहविरुद्ध ‘बिहेवारी, २० वर्ष पारी’ भन्ने नारा खुवै प्रचलित छ । यो नारा नेपाल सरकारसहित विभिन्न संघ संस्थाहरुले प्रयोग गर्दै आइरहेका छन् । संविधानमा तोकिए अनुसार विवाहको लागि उपयुक्त उमेर २० वर्ष माथि हो । बाल विवाह न्युनिकरणका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम समेत ल्याइरहेका छन् । बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ५ ले पनि बालविवाह रोक्ने अनौठो जुक्ति निकालेको छ ।

वडा नम्बर ५ ले २० वर्ष पुगेपछि विवाह गर्ने युवतीलाई ग्याँस सिलिन्डर उपहार दिने भएको छ । वडाध्यक्ष गरिबे शेषका अनुसार बालविवाह रोक्नका लागि वडामा यस्तो कार्यक्रम सञ्चालन गरेको हो । वडा नम्बर ५ ले सार्वजनिक सूचना नै जारी गरेर यस्तो बताएको हो । वडाले जारी गरेको सूचनामा २० वर्ष पुगिसकेपछि विवाह गरेका युवतीहरुलाई उपहार लिन वडामा निवदेन दिन आग्रह गरिएको छ । ‘वार्षिक विनियोजन बजेटबाट २० वर्ष माथिका युवतीहरुको विवाहामा उपहार स्वरुप सिलन्डर सेट उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा इच्छुक युवतीहरुले उपहार लिन प्रमाण सहित वडा कार्यालयमा जानकारी गराउनु होला ।’, वडाले जारी गरेको सूचनामा भनिएको छ ।

वडाध्यक्ष शेषले बालविवाह रोक्ने सबै उपाय लगाउँदा पनि रोक्न नसकेकोले यस्तो योजना अघि सारिएको बताउनु भएको छ । ‘ वडा नम्बर ५ मा मधेशी र मुस्लिम समुदायको बाहुल्य छ । उनीहरुको शैक्षिक स्तरसमेत माथि उठ्न सकेको छैन । बालविवाह रोक्नका लागि २० वर्षपछि युवतीको बिहे होस् भनेर यस्तो जुक्ति ल्याएका हौं ,’ वडाअध्यक्ष शेष भन्नुहुन्छ ।

ADVERTISEMENT

वडाध्यक्ष शेषले बालविवाह रोक्न गाउँपालिका र वडाले किशोरी नाटक, महिला स्वंसेवक, जनचेतना कार्यक्रम, -याली जसता कार्यक्रम गर्दा पनि नसकेको बताउनुभयो । वडा नम्बर ५ को कार्यालय यहीँ माघ ३ गते सिलिन्डर दिने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?