आई लिग खेल्न अञ्जन भारततर्फ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट भारतीय आई लिग फुटबल खेल्नका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । अञ्जनले मुम्बई केन्क्रे एफसीबाट आई लिग खेल्नुहुनेछ । उहाँले पहिलोपल्ट विदेशी व्यावसायिक लिग खेल्न लाग्नुभएको हो । यसअघि नेपालका किरण चेम्जोङले पञ्जाब एफसीबाट आई लिग खेलिरहनुभएको छ । यस्तै, विमल घर्तीमगरले मोहन बगान क्लबबाट खेल्नुभएको थियो ।

केन्क्रेले सोमबार आई लिग अंकतालिकाको शीर्ष टोली श्रीनिदी डेकेनसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा अञ्जन मैदान उत्रिन सक्ने सम्भावना छ । २५ अंकसहित डेकन शीर्षस्थानमा, २३ अंक जोडेको पञ्जाब दोस्रो स्थानमा र केन्क्रे १६ अंकसहित नवौँ स्थानमा छ । आई लिगमा १२ टोलीको सहभागिता रहेको छ ।

अञ्जनले राष्ट्रिय टोलीबाट ११ गोल गरिसक्नुभएको छ । पुरुष फुटबल टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उहाँ दोस्रो नम्बरमा हुनुहुन्छ । हरि खड्का र निराजन रायमाझी समान १३ गोलका साथ शीर्षस्थानमा रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?