हिटाकर्मी अधिकारीलाई ‘कला पत्रकारिता सम्मान’

Read Time = 2 mins

काठमाडौं । हिटाकर्मी गीता अधिकारीलाई ‘कला पत्रकारिता सम्मान’ प्रदान गरिएको छ । राजधानी काठमाडौंमा शुक्रबार सम्पन्न भएको अनुराधा फिल्मस् इन्टरनेसनल प्रालिको आयोजनामा सम्पनन भएको दोस्रो ओ टु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ मा अधिकारीलाई कला पत्रकारिता सम्मान अर्पण गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अधिकारीलाई सम्मानपत्र, फूल माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सौन्दर्य क्षेत्रका विविध विधामा अवार्ड प्रदान गरिएको समारोहमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्‍याएका सौन्दर्यविद्, सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विशिष्ठ कलाकार, समाजसेवी, सञ्चारकर्मीलगायत व्यक्तित्वको उपस्थिति थियो । हिटाकर्मी अधिकारी यही बिहीबार ‘गीता पौडेल आत्रेय स्मृति प्रज्ञा पुरस्कार तथा सम्मान २०७९’बाट पनि पुरस्कृत एवं सम्मानित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?