एनडिएको २४ औँ स्थापना दिवस सम्पन्न

Read Time = 2 mins

काठमाडौं । नेपाल डेरी एसोसिएसन(एनडिए)को २४औँ स्थापना दिवस ललितपुरस्थित नवकिरण अनाथ असहाय बाल उत्थान समाजमा दूध तथा दुग्ध पदार्थ सेवन गराई सम्पन्न भएको छ । अनाथालयमा ४५ जना बालबालिका रहेका छन् । साथै एनडिएले अनाथालयमा बालबालिकाको शिक्षाका लागि बागमती प्रदेशबाट एक लाखको अक्षयकोष स्थापना गर्ने घोषणासमेत गरेको छ ।

सो अवसरमा एनडिएका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, केन्द्रीय उपाध्यक्ष दिपप्रसाद धमला, सहकोषाध्यक्ष रामभक्त दाहाल, केन्द्रीय सदस्य शिव घिमिरे, रमेश सञ्जेल, ललितपुर दुग्ध व्यवसायी समितिका कोषाध्यक्ष हुद्धराज तिमल्सिनालगायत डेरी उद्योगीको उपस्थिति थियो ।

अध्यक्ष दाहालले दूध र एसोसिएसनको महत्वको चर्चा गर्दै आगामी दिनमा पनि आश्रममा निरन्तर जोडिने कुरा जानकारी गराउँदै बागमती प्रदेशबाट घोषणा गरिएको एक लाख अक्षयकोषले आश्रमसँग आजीवन सम्बन्ध जोडिएको भन्दै आफू पनि निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एनडिएले शनिबार देशैभर विभिन्न कार्यक्रम गरी २४औँ स्थापना दिवस मनाएको छ । एनडिएले शंखमुल आवास क्षेत्रस्थित आफ्नो कार्यालयको हलमा ‘दुग्ध क्षेत्रको उन्नति, हामी सबैको समुन्नति’ भन्ने नाराका साथ दिवस मनाएको एनडिएका अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?