छ महिनामा १४५ नयाँ उद्योग दर्ता

Read Time = 2 mins

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा १४५ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार नयाँ दर्ता उद्योगले कुल एक खर्ब ३९ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेका छन् । सो अवधिमा ३९ ठूला उद्योग, ४१ मझौला तथा ६५ साना उद्योगहरू दर्ता भएका हुन् ।

१४५ नयाँ उद्योगबाट कम्तीमा नौ हजार आठ सय १६ जनालाई रोजगारी प्राप्त हुने बताइएको छ । गत वर्ष सोही अवधिमा १५५ उद्योग दर्ता भएका थिए । गत वर्ष सोही अवधिमा ४६ ठूला, ५७ मझौला तथा ५२ साना उद्योग दर्ता भएकोमा एक खर्ब ९० अर्ब लगानी प्रतिबद्धता आएको थियो । हालसम्म नेपालमा आठ हजार नौ सय नौ उद्योग दर्ता भएका छन् ।

पुस मसान्तसम्ममा एक हजार तीन सय ४४ ठूला, दुई हजार ५८ मझौला तथा पाँच हजार पाँच सय सात साना उद्योग दर्ता भएका छन् । उल्लेखित उद्योगमा कुल २७ खर्ब ६६ अर्ब लगानी प्रस्ताव प्राप्त भएको छ । विभागका अनुसार सो अवधिमा एक सय ३१ विदेशी उद्योगको कुल १७ अर्ब ३० करोड विदेशी लगानी प्रस्ताव स्वीकार गरिएको छ । जसमा ठूला दुई, मझौला १९, साना एक सय १० उद्योग रहेका छन् । गत वर्षको सोही अवधिमा एक सय २९ विदेशी उद्योगको कुल ३० अर्ब ५६ करोड विदेशी लगानी प्रस्ताव स्वीकार गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?