उत्कृष्ट स्टार्टअप आवर क्लोजेटलाई एक लाख

Read Time = 2 mins

चितवन । चितवन महोत्सवसँगै मेड इन नेपाल एक्स्पो २०७९ सम्पन्न भएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनद्वारा आयोजित १४ औँ एक्स्पोमा नेपाली उत्पादन तथा सेवाका ४० स्टल र १० स्टल स्टार्टअप बिजनेशका थिए । स्वदेशी उत्पादन तथा सेवाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित एक्स्पोमा रहेका १० स्टार्टअप व्यवसायीबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट ‘आवर क्लोजेट’ले एक लाख रुपैयाँ प्राप्त गरेको छ । आवर क्लोजेटकी सञ्चालक डा. सन्ध्या कँडेलले आफ्नो व्यवसायबारेमा दिएको प्रस्तुतिका आधारमा उत्कृष्ट घोषित हुनुभएको हो ।

एक्स्पो समापन समारोहमा मञ्चका संस्थापक अध्यक्ष निर्देश सेढाईले आवर क्लोजेटका प्रतिनिधिलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । प्रतिस्पर्धाको निर्णायकमा नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय सदस्य एवं चितवनका पूर्वअध्यक्ष कृष्णप्रसाद सापकोटा, मञ्चका सदस्य एवं सिए निशान पौडेल र सिए विशाल भट्टराई रहनुभएको थियो भने पुरस्कार रकम मञ्चका पूर्वअध्यक्ष सापकोटाले उपलब्ध गराउनुभएको थियो ।

आवर क्लोजेटले महिला, पुरुष र बच्चाले लगाउने कपडा भाडामा उपलब्ध गराउने गरेको छ । विवाह तथा विभिन्न पार्टीमा लगाउने महँगा कपडा भाडामा उपलब्ध गराइने र त्यसबापत निश्चित शुल्क लिइने सञ्चालक कँडेलले बताउनुभयो । १० लाख लगानीमा सुरु गरेको व्यवसायको विभिन्न शहरमा शाखासमेत स्थापना भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?