काठमाडौं । होजोन मोटर्स निटा भीको नेपालस्थित आधिकारिक बिक्रेता सिजी मोटर्सले ग्राहक लक्षित नेपालमै पहिलोपटक फ्री होमका साथै अन साइट सर्भिस सुविधा सुरु गरेको छ । हालसम्म एक सय ५० भन्दा धेरै गाडी नेपाली बजारमा बिक्री भइसकेको र ग्राहकको सुविधालाई ध्यानमा राखी फ्री होम साथै अन साइट सर्भिस सुरु गरिएको कम्पनीले जनाएको छ ।
सर्भिस हटलाइन नम्बर १६६००१११२६९ तथा डाइरेक्ट सम्पर्क नम्बर ९८०२३४०९४८ मा सम्पर्क गरेको दुई घण्टाभित्र सर्भिस टिम साइटमा पुगेर सुविधा दिने कम्पनीको दाबी छ । कम्पनीले छिट्टै नेपालका विभिन्न चार स्थानबाट थप सुविधा दिने जनाएको छ ।
क्रसओभर डिजाइन, प्रिमियम सिट, आकर्षक अलोय हिृवल, टु स्पोक स्पोर्टी स्टेरिङ हिृवल, युनिकरूपमा प्लेस ड्राइभर इन्फर्मेसन डिस्प्ले, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, युनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेक नीटा भीको नयाँ विशेषता भएको कम्पनीले जनाएको छ । सिजी मोटर्सले मोटरको ब्याट्री र मोटरमा आठ वर्षको वारेन्टी प्रदान गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको