काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५८औँ वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालय तथा विभिन्न शाखा कार्यालयबाट वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सर्वसाधारणमा बैंकिङ सचेतना ल्याउने उद्देश्यले समाजप्रतिको उत्तरदायित्व बहन गर्दै प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । सबै शाखाबाट एकसाथ आयोजित प्रभातफेरीमा एक हजारभन्दा बढी कर्मचारीको सहभागिता रहेको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरू पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी संघ, बैंकका अध्यक्ष ईश्वरबहादुर सिंहलगायतको उपस्थिति रहेको थियो ।
माघ १० गते बैंक ५७ वर्ष पूरा गरी ५८औँ वर्षमा प्रवेश गर्दैछ । बैंकका हाल सात प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ६५ शाखा, ५१ एक्सटेन्सन काउण्टर, दुई सय ६८ एटिएम र एक सय दुई शाखारहित सेवा सञ्चालनमा रहेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका