सूर्यज्योति लाइफद्वारा न्यानो कपडा वितरण

Read Time = 2 mins

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सूर्यज्योतिको न्यानोपन अभियानअन्तर्गत देशका विभिन्न ठाउँमा कम्बल तथा न्यानो कपडा वितरण गरेको छ । देशभर बढिरहेको चिसोको कहरबाट बच्न केही राहत होस् भनेर असहाय बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्गलाई न्यानो कपडा वितरण गरेको हो ।

सूर्यज्योतिको उक्त कार्यक्रम ललितपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य तथा सातदोबाटो शाखाका शाखा प्रमुख लोइस थापाद्वारा नेपाल स्नेही काख र सत्प्रयास नामक संस्थामा सञ्चालन गरिएको थियो । साथै गुल्मीमा बौद्धिक र बहिरा, अपांगता भएका विद्यार्थी भाइबहिनी, माझीगाउँ बलिथुमका विपन्न परिवारलाई पनि न्यानो कपडा वितरण गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, लक्ष्मीनिया गाउँपालिकामा लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र र कम्पनीका मधेश प्रदेश प्रमुख दिपेन्द्र यादवको उपस्थितिमा एक सयभन्दा बढी विपन्न परिवारका साथै जलेश्वर, लहान र वीरगञ्जमा पनि कम्बल वितरण कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले चिसोबाट जोगाउन न्यानो कपडा अभियान सञ्चालन गरिएको जानकारी गराउँदै बिमितले पाउने सेवा सुविधासमेत थप सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?