आज सोनाम ल्होसार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइँदैछ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारलाई नयाँ वर्षका रूपमा मनाउँछन् । सोनाम ल्होसारका अवसरमा सरकारले आज (आइतबार) सार्वजनिक बिदा दिएको छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ भने देशका अन्य भागमा पनि ल्होसार मनाइने गरिन्छ ।

तामाङ समुदायमा इष्ट देवता मञ्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार धर्मतिर्सना गरेको ऐतिहासिक दिनलाई सोनाम ल्होसारको नामबाट मनाउने गरिन्छ ।

सोनाम ल्होछार २८५९ का अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले आज बृहत् तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको छ ।

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?