मौसम सामान्यतया सफा रहने, पहाडी भूभागमा भने आंशिक बदली हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आइतबार(आज) बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहि देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो पनि प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहने छ ।

राति वाग्मती प्रदेश, मधेस प्रदेश, प्रदेश-१ का पहाडी भू-भागमा आंशिक बदली रहने छ । महाशाखाका अनुसार देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?