सुर्खेत जिप दुर्घटनाः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चारजनाको ज्यान जानेगरी सुर्खेतमा भएको जिप दुर्घटनाप्रति चिन्ता व्यक्त गर्नुभएकाे छ । आइतबार बिहान छिन्चुदेखि सुर्खेततर्फ जाँदै गरेको बा.प्र. ०१०२६ च ९२१३ नम्बरको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो ।

उक्त दुर्घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएकाे छ । साथै प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएकाे छ ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री प्रचण्डले लेख्नुभएकाे छ, ‘छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर-११ झुप्राखोलास्थित दुर्घटना भई चारजना यात्रुको निधन भएको खबरले स्तब्ध तुल्याएको छ । मृतकहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

आइतबार बिहान २ः३० बजे जिप अनियन्त्रित भई सडकदेखि ७०-८० मिटर तल खस्दा  सुर्खेत वीरेन्द्रनगरका २७ वर्षीय सागर शाही, दैलेख डुंगेश्वर गाउँपालिका-५ बस्ने वर्ष ३३ का दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ बस्ने वर्ष ३१ का बबिन शाही, दैलेख गुराँस गाउँपालिका-३ बस्ने वर्ष ३६ का राजेन्द्र विसीको मृत्यु भएको थियो ।

दैलेख भैरवी गाउँपालिका-५ का वीरेन्द्रराज शाहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?