म्याग्दी । म्याग्दी जिल्लाको अत्यन्तै दुर्गम गुर्जामा सडकको पहुँच नपुग्दाअझैसम्म पनि चर्को भाडा तिरेर खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ । जिल्लाका ६ वटा स्थानीय तहका ४५ ओटा वडामध्ये धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जामा मात्रै सडकको पहुँच पुगेको छैन ।
सडक सुविधा नपुग्दा यहाँका स्थानीय वासिन्दाहरु खच्चडमा बोकाएर गाउँमा खाद्यान्नलगाएतका सामाग्री पुर्याउँदा चर्को मूल्य तिर्न बाध्य भएका छन् ।
दिनुहुँ खाद्यान्नको मुल्य बजारमा बढिरहनु र बजारको चामल, नुन, तेललगायतको दैनिक प्रयोग हुने खाद्यान्नहरु गाउँपालिकाको केन्द्र मुनादेखि चर्को शुल्क तिरेर खच्चडको भर ढुवानी गर्दा गुर्जाबासी दोब्वर मुल्यमा दैनिक उपभोग्य बस्तु उपभाेग गर्दै आएको गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयाे । सदरमुकाम बेनीदेखि गाउँपालिका केन्द्र मुनासम्म पुग्न सवारी साधनमा ४ घण्टादेखि ७ घण्टासम्म समय लाग्छ ।
यातायातको सहज सुविधा नपुग्दा आर्थिक अवस्था र रोजगार नभएका परिवारलाई आयातित खाद्यान्न महंगो मूल्यमा खान बाध्य गुर्जाका जनता रहेको अध्यक्ष छन्त्यालले बताउनु भयाे । सडक पहुच गाउँपालिकाको वडा नम्वर २ मा आईपुगेको छ । तर बर्खायामको समयमा त्यहाँसम्म पनि सवारी साधन आउदैनन् । त्यहाँबाट पैदल यात्रामा गुर्जा आउन ७ घण्टादेखि ९ घण्टासम्म लाग्छ । खच्चडले गाउँपालिकाको केन्द्र मुनाबाट खाद्यान्नहरु गुर्जाामा एक दिनमा पुर्याउछ ।
खाद्यान्न मात्र होइन, कमजोर आर्थिक अवस्था भएका परिवारमा कोही विरामी भए भने स्थानीयले बोकेर ल्याउनुपर्ने समस्या झनै बढी पीडादायी छ । सडक सञ्जाल नपुगेको ठाउँमा मात्र होईन, पुगेको ठाउँमा बर्षायामको समयमा खच्चडमा ढुवानी गर्न बाध्य रहेका छन् ।
गाउँपालिकाको केन्द्रदेखि वडा नम्वर २ लुलाङमा संघ, प्रदेश, स्थानीयतहको पहलमा सडक पुग्न थालेको छ, भिर काट्न मात्र बाकी छ । ‘लुलाङदेखि यहाँ लगभग एक सय किलोमिटर सडक आवश्यक छ, यो तत्काल सम्भव नुहदाँ छन्त्याल जातीको बाहुल्य भएको गुर्जामा खाद्यान्न र सरकारी सुविधा लिन एकदिन हिडेर गाउँपालिका पुग्नुपर्ने बाध्यता रहदै आएको छ, तीनतहको सरकारले बजेट ध्यान दिएमा तीन, चार बर्षमा सडक पुग्ने सम्भावना रहेको छ, तर राजनीतिकदलको सरकार परिर्वतनको किचलोले यो पनि सम्भावना नरहेको वडा अध्यक्ष छन्त्यालले बताउनुभयाे ।
बेनी नगरपालिका बाहेक गाउँपालिकाअन्तर्गत मालिका, धवलागिरी, अन्नपुर्ण र रघुगंगालगाएत विभिन्न दुर्गम गाउँमा खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता कायमै रहेको छ । दुर्गम जनताको घरदैलोमा भएको समस्यालाई हेरेर तीनतहको सरकारले विकास निर्माण योजना र राज्यको सेवासुविधाहरु विशेष सहुलियतको ब्यवस्था र सेवा उपलब्ध गराउनमा ध्यान पुग्न आवश्यक छ । गाउँगाउँमा सडक सुविधाले हिउदँमा सवारी साधन र बर्खायाममा मात्र खच्चडले ढुवानी गर्न खोज्दा खच्चड ब्यवसाय पनि लोपाेन्मुख अवस्थामा पुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच