वडाअध्यक्ष बिकमाथि हातपात भएको घटनामा शिक्षक भन्छन् : गलत आरोप फैलाइयो

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा न ६ का वडा अध्यक्ष हरि बिकले आफूमाथि एक शिक्षकले हातपात गरेको भन्ने  विषयमा शिक्षक भिमसेन अधिकारीले आपक्ति जनाउनु भएको छ ।

प्रदेश सरकारबाट बिनियोजित रकमको समिती गठनको विषयमा विवाद हुँदा सुन्दरी माविका शिक्षक भिमसेन अधिकारीले वडाअध्यक्ष बिकलाई कुटपिट गरेको वडाध्यक्षको आरोप थियो। शिक्षक अधिकारीले समितीमा आफू निकटको मान्छे नराखिएको भन्दै गठित समितीको माइनुट च्यातेर वडाअध्यक्षमाथि कुटपिट गरेको वडाध्यक्षले बताउनु भएको थियो ।

पिपलडाँडामा सिकटार बिर्ता सुनपोखरी सडक त्रिपुरासुन्दरी ५ र ६ को नाममा प्रदेश सरकारबाट बिनियोजित रकम रु ५० लाखको समिती गठन गर्ने क्रममा बिवाद हुँदा सुन्दरी माविका शिक्षक अधिकारीले माइनुट च्यातेको उहाँले बताउनु भयो ।

जनप्रतिनिधि माथि कुटपिट गर्ने शिक्षक अधिकारीलाई कानुनी कार्बाही गर्न स्थानीय बासिन्दाहरुले माग गरेका छन् ।

यदि कार्बाही र माफी नमागे कानुन प्रक्रियामा जाने वडाअध्यक्ष बिकले बताउनुभयो । बल र गुण्डागर्दी शैलीले समाजको परिवर्तन र विकास नहुने भन्दै हरेक विकासका योजनाको काम गर्न अनुभव र दक्ष ब्यक्ति छनोट गर्नु पर्ने उहाँको भनाई छ ।

यता शिक्षक अधिकारीले भने आफूले वडाअध्यक्षलाई कुटपिट नगरेको बताउनु भएको छ । उहाँले भन्नुभयो, 'मैले कुटपिट गरेको छैन यो गलत आरोप हो, समिति गठन गर्ने प्रक्रियामा विवाद भएको हो, १२ जनाको अध्यक्षमा दाबेदारी थियो। समिति गठन गर्ने ठाडो आदेश आयो । अध्यक्षले बहुमत पनि मान्न नहुने सिधै वडा कार्यालयमा गएर समिती गठन गर्ने भने पछि बिवाद भएको हो ।'

माइनुट च्यातिएको विषयमा भने उहाँले अध्यक्ष र आफूबीच माइनुट ताना–तान गर्दा च्यातिएको स्वीकार गर्नुभयो । साथै बादविवादका क्रममा आफूले केही गलत बोलेको भए गल्ती स्वीकार्ने उहाँले बताउनु भयो । ‘तर मैले कुटपिट गरेको छैन । यदि मैले कुटपिट गरेको भए घाउ चोटपटक लागेको होला उहाँले चोटपटक देखाउनु भयो भने म सम्पूर्ण खर्च आफुले ब्यहोर्न तयार छु ।’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
फिनटेकदेखि गिग इकोनोमीसम्म फैलिँदै डिजिटल अर्थतन्त्र नाइमा मोबिलिटी एक्स्पो–२०२६ आजदेखि, नयाँ मोडलका सवारी सार्वजनिक एसी भएको कोठामा बसेर देश बुझिँदैन : हर्क साम्पाङ मन्त्री बादी र अष्ट्रेलियाली राजदूत अन्स्र्टबीच भेट, सहकार्य विस्तारमा जोड प्रधानमन्त्रीलाई ‘गुप्तवास’ छोडेर संसद्मा आउन सांसद शर्माको आग्रह प्रधानमन्त्रीका विवादित अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद स्वाँरको आलोचना बौधिमाई नगरपालिकामा आइतबार पनि कार्यालय खुल्ने अवैध नदी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसन गर्दैछौँ : अर्थमन्त्री डा. वाग्ले