आयुर्वेदले स्वर्ग र पुनर्जन्मको ठेक्का लिँदैन : अध्यक्ष ओली

उपकरणको बढ्दो प्रयोगले मानिसमा स्मरणशक्ति कमजोर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसहरुमा स्मरणशक्ति कमजोर भइरहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उपकरणमा निर्भर हुँदा सानासाना कुराहरु पनि स्मरण गर्नसक्ने खुबी हराउँदै गएको बताउनु भयो ।

उहाँले प्रविधिको उपलब्धीले मानिसमा परनिर्भरता बढ्दै गउकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले दिमागको वास्तविक श्रोत भनेको मानिसका इन्द्रियहरु नै भएकाले मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरेर त्यसलाई जीवनपद्धतिका रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले हरेक मानिसले आफ्नो काम ड्युटीका रुपमा नभइ कर्तव्यका रुपमा पूरा गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी बिस्तारै बिस्तारै उपकरणमा अलि बढी भर पर्न थाल्यौँ, त्यसले हाम्रो थाहा पाउने अवस्था कमजोर भयो । मलाई ५ सय बढी टेलिफोन नम्बर आउँथ्यो मोबाइल नहुँदा, मोबाइल भएपछि आफ्नै नम्बर कसैले सोध्यो भने थाहा नहुने भइसक्यो । हिसाव गर्न मोबाइलमा क्यालकुलेटर झिक्न थाल्छौँ । परनिर्भरता बढ्दैछ, प्रविधिको उपलब्धताले । तर नलेजको ओर्जिनल श्रोत मानवका इन्द्रियहरु नै हुन् । मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरौँ, अत्याधिक रुपमा तर उपचार पद्धतिमात्रै होइन जीवनपद्धतिकै रुपमा प्रयोग गरौँ । हामीले उपचारको कुरा ड्युटी झैँ होइन कर्तव्य झै गरेर पूरा गरौँ, यी दुई फरक कुराहरु हुन् ।’

अध्यक्ष ओलीले वेद मानवरचित नभइ दैविकदेन भएको बताउनु भयो । उहाँले कतिपय वेदका ऋचाहरु ऋषिमुनिबाट थपिएपनि कतिपय ऋचाहरु भने दैविदेन रहेको बताउनु भयो । अध्यक्ष ओलीले आयुर्वेद पनि ऋषिमुनिहरुबाट थपिएपनि त्यो भन्दा अघि दैविक देनकै रुपमा आएको बताउनु भयो । उहाँले वेद विज्ञान भएको आयुर्वेद आयुसम्बन्धी, आरोग्य, स्वास्थ्य सम्बन्धी विज्ञान भएको बताउनु भयो । उहाँले आयुर्वेदले मरेपछि स्वर्ग पु¥याउने, पुनःजन्म गराउने ठेक्का लिने नभइ जन्म वा भ्रुण अवस्थादेखि जीवनभरका लागि कसरी स्वस्थ, निरोगी भएर बाच्ने भन्नेकुरा सिकाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही चिजहरु यस्ता छन्, जसलाई अपौरुषिय अथवा मानव निर्मित होइन भन्ने शास्त्रहरुले वर्णन गरेका छन् । वेद मानव रचित होइन, दैवीदेन हो भन्ने छ । कसले लेखेको भन्ने थाहा छैन । वेदका ऋचाहरु पछिल्लो समय कसले बनायो भन्न सकिन्छ, पछिल्लो समय बनेका कतिपय ऋचाहरु छन्, त्यसभन्दा अघिका ऋचाहरुको बारेमा जानकारी छैन, त्यसैले वेदलाई दैविक भनिन्छ । आयुर्वेदलाई पनि पछि ऋषिहरुले निर्माण गरेको तर यो पनि पौरुषिय होइन अलौकिक हो भन्ने गरिन्छ । यस्ता शास्त्रका उक्तिहरु छन् । यसले हाम्रो पौराणिकतालाई जनाउँछ । जे होस् हामी आयुर्वेदसम्बन्धी मान्यताका साथीहरुलाई थाहा छ, पुराणशास्त्रीय मान्यताका दुई शाखाहरु छन् । एउटा शैव शाखा, शिवले आयुर्वेद सम्बन्धी ज्ञान पार्वतीलाई, पार्वतीले नन्दी, नन्दीले अर्कोलाई हस्तान्तरण गर्नुभएको थियो । अर्को मानव श्रृष्टिअघि बाच्ने कसरी हो ? भन्ने हिसावले आयुर्वेद तयार गरेर मात्रै जीवको रचना गरेको भन्ने छ । वेद भनेको विज्ञान हो, आयुर्वेद भनेको जीवन, आयुसम्बन्धी, आरोग्य, स्वास्थ्य सम्बन्धी विज्ञान हो । जीवन आयुसँग सम्बिन्धत छ । मरेपछि स्वर्ग पु¥याउने, पुनःजन्म गराउने ठेक्का लिँदैन, आयुर्वेदले जन्म वा भ्रुण अवस्थादेखि जीवनभरका लागि कसरी स्वस्थ, निरोगी भएर बाच्ने भन्ने हो ।’

अध्यक्ष ओलीले अरु देशको तुलनामा उपनिवेशिक समयदेखि नेपाल पछि परेपनि अब बढ्ने समय आइरहेको बताउनु भयो । उहाँले नेपालको इतिहास गौरवपूर्ण रहेको भन्दै इतिहासप्रति गर्व गर्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?