म्याग्दी । मर्यादा पुरुषोत्तम भगवान् रामको जन्मस्थल,भारतीय संस्कृति, शिक्षा र सभ्यताको उद्गम्स्थल र प्राचीन सूर्यबंशी राजाहरुको राजधानी समेत रहेको प्राचीन नगरी अयोध्या हिन्दू सभ्यतालाई संसारभरी चिनाउने आँखी झ्याल बनेको छ ।
नील नदीको किनारमा पिरामिडको अस्तित्व नहुँदै, युरोपीय सभ्यताको केन्द्रबिन्दु मानिने युनान र रोममा सभ्य संस्कृति स्थापित नभइसकेको अवस्थामा भारतीय सभ्यतालाई विश्वमा चिनाउन सफल भएको नगरी अयोध्या पछिल्लो समय भारतीय राजनीतिको प्रमुख केन्द्रसमेत बनेको छ ।
नेपाल भारतको सीमानामा पर्ने सुनौलीबाट लगभग दुई सय किलोमिटर टाढा पश्चिममा पर्दछ अयोध्या । सभ्यताको पहिलो किरण सर्वप्रथम अयोध्याबाट नै युनान र त्यसपछि सारा युरोपभरि प्रसारण भएको यहाँका सन्त महात्माहरुको भनाइ छ ।
हालको राजनीतिक विभाजन अनुसार अयोध्या भारतको उत्तर प्रदेशमा पर्दछ । यहाँ करिव पौने छ लाख जनसंख्या रहेको छ । उत्तर प्रदेश सरकारले हालै फैजावाद जिल्लाको नाम अयोध्याजी कायम गरेको छ । यो नगर सरयु नदीको किनारमा अवस्थित छ । नेपालका महाकाली, कर्णाली र बबई नै भारतमा प्रवेश गरेपछि आपसमा मिली ‘सरयु’ बन्दछन् । सरयु हिन्दूहरुको लागि पवित्रतम नदी हो ।
अयोध्याका आठ नाम छन् हिरण्य, चिन्मया, जया, अयोध्या, नन्दिनी, सत्या, राजिता र अपराजिता । यो नगर साकेत, कोशल या अवध कहलिने ठूलो भूभाग ओगट्ने राज्यको राजधानी थियो । यो पवित्र प्राचीन सप्तपुरीमध्य पर्दछ । अयोध्या, अवन्ती या उज्जैन, काँची, द्वारिका, काशी, माया या हरिद्वार र मथुरालाई प्राचीन सप्तपुरी मानिन्छ ।
अयोध्याको उत्तरतोताद्रीमठस्थित श्री निवास रामानुज संस्कृत महाविद्यालयका प्राध्यापक बालगोपाल मिश्रका अनुसार जुन बखत असभ्य र बर्वर युरोपीयनहरु वन वन घुमेर जीवन निर्वाह गर्दथे सोभन्दा धेरै पहिले अयोध्या सभ्यताको शिखरमा थियो ।
मिश्रका अनुसार अयोध्याले मानव जातिलाई मर्यादा, अनुशासन, सदाचार र सत्यनिष्ठाको पाठ सिकाएको छ । अयोध्याले प्राचीन कालदेखि नै चिन्तित र शोकग्रस्त मानवलाई शान्ति र मानसिक स्थिरता प्रदान गर्दै आएको छ । सहनशीलता र शालीनता नै अयोध्याका जग हुन । अहिले पनि शोकले जर्जर, दुखी र मानसिक विसादमा परेका व्यक्तिहरु अयोध्या जान्छन र जीवनको अर्थ थाहा पाउने प्रयास गर्दछन् ।
भगवान श्रीरामको जन्मभूमी, शिद्ध महात्माहरुको तपोभूमी र ज्ञानको महासागर मानिने अयोध्या श्रीरामको परमधाम भएपछि उजाड भएको र पछि राजा विक्रमादित्यले अयोध्यालाई पुनः पुर्नजीवित बनाएको इतिहास रहेको छ ।
राजा विक्रमादित्यले नै वनभित्र आफ्नो अस्तित्व छिपाएर बसेका सम्पूर्ण भग्नावशेषहरुको जिर्णोद्धार गरे । उनैले अयोध्या महात्म्य भन्ने पुस्तकको रचना गर्न लगाए, र बिक्रम सम्बतको सुरुवात गरे । त्यसपछिका केही शताव्दिमा अयोध्याको महत्व झन् बढ्दै गयो र यसको नव निर्माण हुँदै रह्यो ।
तर लगभग आठौँ शताब्दिदेखि विदेशी आक्रमणकारीहरुको शिकार हुँदै गयो अयोध्या । शाह फिरोज, मुहम्मद तुगलक, सिकन्दर लोदी, बावर र औरंगजेव आदिले पटक पटक कठोर आक्रमण गर्दा पनि अयोध्याले आफ्नो गरिमालाई जोगाई राख्नु अत्यन्तै आश्चर्यको कुरा हो । भौतिक संरचना तहसनहस होलान, तर जनताका आस्थाका किल्लाहरू जति शक्तिशाली बादशाहले पनि भत्काउन सक्दा रहेनछन् भन्ने एउटा उदाहरण बन्याे । अटल आस्था अजेय हुन्छ भन्ने उदाहरणको रुपमा आफ्नो शिर ठाडो पारेर झन् जीवन्त रुपमा खडा भइरह्यो अयोध्या ।
अयोध्या आश्चर्यजनक ठाउँ हो । अयोध्यामा जति पनि मठ, मन्दिर र अखाडा छन्, ती सवै सन्त महात्माका देन हुन् । कुनै संरचनामा पनि सरकारको योगदान छैन । मठ, मन्दिर र अखाडाका सन्त, महन्त र पूजारीलाई हजारौं लाखौँ भक्तजनले चढाएको दश, बीस, शय पचासको रकमबाटै करोडौं जम्मा हुन्छ र त्यसैबाट, खाना, आवास, धर्मशाला पूजापाठ चल्दछन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका