फुटसल उपाधि ललितपुरलाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ललितपुरले एमआरआर फुटसल २०७९ को उपाधि जितेको छ । फाइनलमा बुटवल ‘ए’लाई पराजित गर्दै ललितपुरले पहिलोपटक उपाधि जितेको हो । नवलपुरस्थित कावासोती फुटसलमा ललितपुरले एकपक्षीय प्रदर्शन गर्दै उपाधि पक्का गर्‍यो । फाइनलमा बुटवल ‘ए’ माथि तीन–एकको जित दर्ता गर्दै टोली च्याम्पियन बनेको थियो । त्यसअघि सेमिफाइनलमा पोखरालाई तीन-शून्यले पन्छाउँदै ललितपुरले फाइनलमा स्थान बनाएको थियो ।

बुटवलले भने सेमिफाइनलमा भक्तपुरलाई सडन डेथमा हराएको थियो । निर्धारित समयको खेल एक-एकको बराबरी र टाइब्रेकरमा तीन-तीनको बराबरीपछि खेलको निर्णय सडन डेथमा भएको थियो । १५ टोलीको सहभागिता रहेको प्रतियोगिता नकआउट पद्धतिमा खेलिएको थियो ।

उपाधि विजेता ललितपुरका अमित काफ्ले प्रतियोगिताको उत्कृष्ट गोलरक्षक र विकल्प थापा उत्कृष्ट डिफेण्डर घोषित हुनुभयो । च्याम्पियन ललितपुरका रोशन रानामगरले सर्वाधिक गोलकर्ताको अवार्ड जित्नुभयो । प्रतियोगताका सर्वोत्कृष्ट खेलाडी उपविजेता बुटवल ‘ए’ का अनिश शाक्य घोषित हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?