भलिबलको उपाधि चितवनलाई

हिमालय टाइम्स
Read Time = 1 min

रामेछाप । रामेछापको मन्थलीमा सम्पन्न बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ । फाइनल खेलमा रामेछापलाई पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले रामेछापलाई पहिलो र दोस्रो र तेस्रो सेटमा क्रमशः २५-१८, २५-१८ र २५-२३ ले पराजित गरेको हो ।

प्रतियोगितामा पहिलो हुने चितवनलाई नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री भानुभक्त ढकालले दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।

दोस्रो भएको रामेछापले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने तेस्रो भएको सिन्धुपाल्चोकले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साथै चौथो स्थानको धादिङले ३० हजार नगद प्राप्त गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?