नेपालको वरीयता यथावत्

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा नेपाल १९औँ स्थानमा यथावत् रहेको हो । नयाँ वरीयतामा विश्वविजेता इंग्ल्याण्ड शीर्षस्थानमा उक्लिएको छ ।

शनिबारमात्र भारतसँग एकदिवसीय सिरिज गुमाएको न्युजिल्याण्ड भने दोस्रो स्थानमा झरेको छ । तेस्रो स्थानमा भारत रहँदा चौथो स्थानमा अष्ट्रेलिया रहेको छ ।

पाँचौँ स्थानमा पाकिस्तान तथा छैटौँ स्थानमा दक्षिण अफ्रिका रहेको छ । यस्तै, बंगलादेश सातौँ, श्रीलंका आठौँ, अफगानिस्तान नवौँ र वेस्ट इण्डिज दशौँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?