काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । ‘राप्रपा नेपाललाई फेरि उठाउछौँ’ भन्ने संकल्पका साथ बैठक बिहान ११ बजे बस्न लागेको हो ।
दुई दिन बस्ने बैठक निर्वाचन र मुलुकको पछिल्लो राजनीतिको समीक्षा, भावी वैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र पेश गर्नुहुनेछ ।
त्यस्तै सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ, संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समीक्षा सम्बन्धमा उपाध्यक्ष डा. विष्ष्णु भण्डारीले प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता वसन्तमानसिंह अधिकारीले बताउनुभयो ।
प्रतिवेदनमाथि केन्द्रीय सदस्यले टिप्पणीसहित धारणा राख्नुहुनेछ । समग्रमा पार्टीलाई अघि बढाउने सन्दर्भमा अन्य विषयमा पनि छलफल हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच