क्रिकेटर मेहबुब आलम र आदिल अन्सारी पक्राउ, काठमाडौं ल्याइँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल टी २० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम पक्राउ परेका छन् ।

स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म भएको नेपाल टी–२० लिमा स्पट फिक्सिङ गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

काठमाडौंमा हालै सम्पन्न नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

उनीहरु दुवैजनालाई काठमाडौं ल्याएसँगै औपचारिक जानकारीसहित अनुसन्धानसम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्ने स्रोतको भनाइ छ ।  स्रोतका अनुसार उनीहरू दुवैलाई जहाजबाट काठमाडौं ल्याइँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?