साना उद्योगहरुको पहुँच बिस्तार गर्न आवश्यक छ : अध्यक्ष गोल्छा

Read Time = 5 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्योगहरुको पहुँच बिस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देशभित्रैका साना उद्योगलाई ठूला उद्योगसँग जोड्न नसकेको भन्दै साना उद्योगहरुको पहुँच बिस्तार गरी तिनै तहका उद्योगहरुले लघु, साना र घरेलु उद्योगबाट उत्पादित वस्तु र सेवा खरिद गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले गत आर्थिक वर्षमा ३०९ ठूला उद्योगहरु दर्ता भएकोमा ६५ हजार ६९ एसएमइ उद्योगहरु दर्ता भएकाले यो संख्या अझै बढ्नसक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले साना, ठूला सबै उद्योगको क्षमता अहिले करिव ६० प्रतिशतले घटेको बताउनु भयो ।

उहाँले बैंकहरुको महंगो ब्याजले लगानी बिस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौति भइरहेको बताउनु भयो । उहाँले साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्ने बताउनु भयो । उहाँले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्याजदरको स्थायित्व र सहज वित्तीय पहुँचमा थप पहल गर्न आग्रह गर्नुभयो । उहाँले करिव ५० प्रतिशत उद्योगहरु दर्ता नभएकाले त्यसको वास्तविक पहिचान गर्न सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले कतिपय उद्योगहरु झमेलामा पर्ने डरका कारण पनि दर्ता नभएको भन्दै कर बुझाउन जाँदा उल्टै दुःख पाउने परिपाटी रहेको बताउनु भयो ।
अध्यक्ष गोल्छाले आधुनिक प्रविधि प्रयोग गरेर बजारको माग अनुसार गुणस्तरीय उत्पादन गर्नसके नेपाललाई एसएमइ उद्योगबाट ठूलो आर्थिक उन्नती गर्ने सम्भावना प्रशस्त रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ साना उद्यमीलाई कर्जा पाउन कठिन भएको छ । सहज बनाउनुपर्छ भनेर हामीले भन्दै आएका छौँ । गत आर्थिक वर्षमा ३०९ ठूला उद्योगहरु दर्ता भएकोमा ६५ हजार ६९ एसएमइ उद्योगहरु दर्ता भएका छन्, यो संख्या अझै बढ्नसक्छ, यिनको उत्पादन क्षमता अझै बढ्नसक्छ । साना, ठूला सबै उद्योगको क्षमता अहिले करिव ६० प्रतिशतले घटेको छ । महंगा ब्याजले लगानी बिस्तार त परको कुरा भयो, उद्यम टिकाउनसमेत चुनौति भएको छ । यस्ता उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्छ भन्ने हाम्रो माग हो । मन्त्रीज्युको यसअघिको बजेटमा पनि र मौद्रिक नीतिमा पनि यो विषय समेटिएको छ तर कार्यविधि अहिलेसम्म पनि आएको छैन । ब्याजदरको स्थायित्व र सहज वित्तीय पहुँचमा थप पहल गर्नुपर्ने देखिएको छ । साना उद्योगहरुको पहुँच बिस्तार गर्न आवश्यक छ । हामीले देशभित्रैका साना उद्योगलाई ठूला उद्योगसँग जोड्न सकिरहेका छैनौँ । करिव ५० प्रतिशत उद्योग व्यवसाय दर्ता नभएका छन्, त्यसमा १७ लाखले रोजगारी पाएका छन्, यी उद्योगको वास्तविक पहिचान अब स्थापित गर्नुपर्छ । दर्ता हुँदा सरकार झमेलामा पर्ने डरले पनि धेरै उद्योगहरु दर्ता हुन चाहेका छैनन्, कर बुझाउन जाँदा उल्टै दुःख पाउने परिपाटी सायद नेपालमा मात्रै होला । यसरी कसरी उद्यमशीलताको विकास हुन्छ । आधुनिक प्रविधि प्रयोग गरेर बजारको माग अनुसार गुणस्तरीय उत्पादन गर्नसके नेपाललाई एसएमइ उद्योगबाट ठूलो आर्थिक उन्नती गर्ने सम्भावना प्रशस्त देखिएको छ । तिनै तहका उद्योगहरुले लघु,साना र घरेलु उद्योगबाट उत्पादित वस्तु र सेवा खरिद गर्ने नीतिगत व्यवस्था हुनुपर्छ ।’

अध्यक्ष गोल्छाले एसएमइ क्षेत्रलाई बलियो बनाउनुपर्छ भन्ने राजनैतिक र नीतिगत प्रतिवद्धता नहुँदा प्रभावकारी काम हुन नसकेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?