ब्राउनसुगरसहित झापाबाट तीन जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर जस्तो लिसाइलो पदार्थसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरूलाई ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा बुद्धशान्ति–३ बस्ने अजय तामाङ, सन्तोष राजवंशी र अर्का एक जना रहेका छन् । तामाङ अटो चालक हुन भने राजवंशी र अन्य एक जना अटोमा सवार थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?