अपराधहरूको चरित्रमा फेरबदल आएको छ, आवश्यक रणनीति बनाउनूस् : प्रधानमन्त्री (तस्वीर)

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना–प्रविधिको विकासले अपराधहरूको चरित्रमा बहुआयामिक फेरबदल आएको भन्दै बदलिँदो सुरक्षा चुनौतिको सामना गर्न आवश्यक रणनीति बनाउन निर्देशन दिनुभएको छ ।

सोमवार २२ औं सशस्त्र प्रहरी दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान विश्व परिवेशलाई मूल्याङ्कन गर्दै बदलिँदो सुरक्षा चुनौतिलाई सामना गर्नका लागि आवश्यक रणनिति बनाई सोहीअनुसार परिचालित हुन शसस्त्र प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले सरकारको सुशासन र समृद्धिको दीर्घकालिन लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

उहाँले मानव अधिकारको पूर्ण पालना र भ्रष्टाचार तथा लैङ्गिक विभेदमा शुन्य सहनशीलताका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । उहाँले जनताको मन मष्तिस्क जित्नेगरी कार्यक्षेत्रमा खटिँदै देश र जनताको सेवा र सुरक्षा प्रदान गर्न सुरक्षा निकायहरुलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहालले शसस्त्र प्रहरीलाई हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरणहरू र जनशक्तिको अभाव रहेको भन्दै त्यसको लागि सरकारको तर्फबाट यथासम्भव पहल गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, नेपालको सीमा सुरक्षार्थ उत्तर–दक्षिण, पूर्व–पश्चिम सबैतिर परिचालन गर्न, त्यसका लागि आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिवद्ध छ । सशस्त्र प्रहरी बल, नेपालले आफूलाई प्राप्त सबै प्रकारका भुमिकालाई उच्च शाहस, इमान्दारीता एवं व्यवसायिकताका साथ सम्पादन गरिरहनुभएको कुरा हामी कसैबाट पनि लुकेको छैन । तपाईहरूले राजश्व संकलनमा पु¥याउनुभएको सहयोग र सुरक्षा, महत्वपूर्ण व्यक्ति तथा संरचनाको सुरक्षा, आन्तरिक सुरक्षा, कानून कार्यान्वयन, देशमा शान्ति, सुरक्षा, अमनचयन, कायम गर्ने तथा जनताको जिउधनको सुरक्षा गर्ने काममा पु¥याउनुभएको महत्वपूर्ण योगदानको उच्च प्रशंसा गर्दछु । तपाईहरूलाई श्रोत र साधनको अभाव छ भन्ने कुरा हामी सबैलाई जानकारी छ । हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरणहरू र जनशक्तिको लागि सरकारको तर्फबाट यथासम्भव पहल हुनेसमेत विश्वास दिलाउँछु । संवैधानिक सर्वोच्चता र कानूनी शासनको मान्यतालाई आत्मसात गर्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको रक्षा एवं जनताको जिउधनको सुरक्षा गर्ने, सामाजिक सद्भावको विकास र समय परिस्थितिअनुसार नेपाल सरकारबाट प्रदान गरिएका आदेश तथा निर्देशनहरूलाई पालना गरी अनुशासित, नैतिकवान, व्यवसायिक एवं कर्तव्यनिष्ठ हुँदै सबै निकायहरूसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालित हुन सशस्त्र प्रहरी बलका सम्पूर्ण अधिकृत र कर्मचारीहरूलाई विशेष निर्देशित गर्दछु । मानव अधिकारको पूर्ण पालना र भ्रष्टाचार तथा लैङ्गिक विभेदमा शुन्य सहनशीलताका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्दै जनताको मन मस्तिष्क जित्ने गरी कार्यक्षेत्रमा खटिँदै देश र जनताको सेवा र सुरक्षा प्रदान गर्ने कार्यमा तपाईंहरूलाई सफलता मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । सूचना–प्रविधिको विकासले मानव जीवनमा सकारात्मक प्रभाव मात्र पारेको छैन, अपराधहरूको चरित्रमा समेत बहुआयमिक फेरबदल आएको छ । तसर्थ, वर्तमान विश्व परिवेशलाई मूल्याङ्कन गर्दै बदलिँदो सुरक्षा चुनौतिलाई सामना गर्नका लागि आवश्यक रणनीति बनाई सोहीअनुसार परिचालित हुनसमेत आग्रह गर्दछु । नेपाल सरकारको सुशासन र समृद्धिको दीर्घकालिन लक्ष्यलाई सफल बनाउन तपाईंहरूले आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भुमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले गहिरो विश्वास लिएको छु ।’

प्रधानमन्त्री दाहालले सरकारबाट प्रदान गरिएका आदेश तथा निर्देशनहरूलाई पालना गरी अनुशासित, नैतिकवान, व्यवसायिक एवं कर्तव्यनिष्ठ हुँदै सबै निकायहरूसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिनुभयो ।

तस्वीर हेर्नुहोस्

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?